arrow

‘अमर’ को ‘मिस्ड कल’ बजारमा

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
misscall.jpeg
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले बुधबार साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को नयाँ उपन्यास ‘मिस्ड कल’को विमोचन गरे ।  ९६ वर्ष उमेर पुगिसकेका राष्ट्रकविले उत्तर आधुनिक युवक–युवतिको प्रेम कथामा आधारीत उपन्यास मिस्ड कलको विमोचन गरेपछि आफुमा पनि सोही उमेरको रहरलाग्दो वैंशालु भाव जागेको बताए । 
 
‘हाम्रो पालामा मिस्ड कल दिने चलन थिएन, फोन वोन पनि थिएन । उही हेराहेर ग¥यो, मन परायो, कुरो मिले विवाह गर्‍यो, नमिले कुरो खत्तम’, उनले मुस्कुराउँदै भने, ‘अहिले त काइदाका चिज आएका छन् । फेसवुक भन्छन्, फोनमा बात मार्‍याछन् ।’
 
राष्ट्रकविले युवा पुस्तामा बढदै गएको साहित्य चेत देख्दा आफुलाई खुशी लागेको बताए । महाकाव्य लेखिरहेका घिमिरेले युवा पुस्ताका किताबहरु आफुलाई निकै मन परेको बताए । 
 
विदेशमा बस्ने एक नेपाली युवाले कसैलाई अज्ञानताबस गरेको मिस्ड कलले अन्ततः कुनै युवतिको जिवनलाई कसरी बदलीदिन्छ र मान्छेको भाग्यमा कसरी उतार चढाव आउँछ भन्नेबारेमा उपन्यास मिस्ड कलमा प्रकाश पारीएको उपन्यासका सम्पादक पत्रकार कुसुम भट्टराईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ