arrow

‘लोकमान’ मुद्दाबारे देउवा अझै खुलेनन्, भने –‘संसदीय दलले गर्ने निर्णय यहाँ भन्न मिल्दैन’

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
Sher.jpg.jpeg

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसदमा प्रस्तुत अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे आफुहरुले हतार नगर्ने बताएका छन् ।

सो बारे हाल सम्म औपचारिक रुपमा नबोलेका देउवाले वुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिने क्रममा पार्टीले कार्कीको बयान र महाभियोग सिफारिस समितिको निर्णय समेत हेर्ने बताए ।

शीर्ष तीन नेताको बैठकपछि बाहिरिने क्रममा उनले भने, ‘बैठकमा महाभियोग सम्बन्धि मुद्दामा पनि छलफल भयो । हाम्रो पार्टीको निर्णय आएको छैन । प्रक्रिया पुर्याएर सो विषय टुंग्याइनु पर्दछ भन्ने हाम्रो भनाई हो ।’

देउवाले कार्कीको बयान लिएपछि केही कुरा खुल्ने बताउँदै भने, ‘कार्की जीको बयान लिएपछि के हुन्छ हेर्नु पर्छ । महाभियोग सिफारिस समितिले के निष्कर्ष निकाल्छ त्यो पनि हेर्नु पर्छ ।’ हाम्रो पार्टीले निर्णय गर्ने जिम्मा संसदीय दललाई दिएकाले उसैले गर्छ ‘मैले यहाँ भन्न मिल्दैन ।’

यस्तै बैठकमा संविधान कार्यन्वयन, मधेसी दलहरुसंग कुरा गरेरस संविधान संशोधन गर्ने कुरा र निर्वाचनबारे समेत कुरा भएको देउवाले जानकारी दिए ।  सहमतिका आधारमा अघि बढ्ने र सम्वाद जारी राख्ने गरी सकारात्मक छलफल भएको देउवाले बताए । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ