arrow

नकआउट तरुण कप फुटवलको उपाधि फिदिमलाई

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
foot.jpg.jpeg
पाँचथर । पाँचथरको फिदिममा बुधबार सम्पन्न तरुण कप नकआउट फुटवल प्रतियोगिताको उपाधी फिदिम–१ ले चुमेको छ ।फिदिम उच्च माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आङसराङलाई शून्यका बिरुद्ध एक गोलले पराजीत गर्दै फिदिम–१ ले उपाधिमाथि कब्जा जमाएको हो । 
 
अन्यन्तै प्रतिश्पर्धात्मक खेलको इन्जुरी समयमा फिदिम–१ का जर्सी नम्बर ७ सञ्जु तामाङले गोल गर्दै आफ्नो टिमलाई उपाधि दिलाए । खेलको म्यान अफ् द म्याच पनि तामाङ नै बने । फिदिम–१ ले उपाधी सँगै नगद ५५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो । उप विजेता आङसराङले नगद ३५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।
 
त्यस्तै प्रतियोगिताभरीको उत्कृष्ठ खेलाडी आङसराङका जर्सी नम्बर ४ प्रदीप आङदेम्बे बने । लुङरुपाका जर्सी नम्बर १० साजन राई हाइ स्कोरर बने । उनले प्रतियोगिता अवधीभरीमा जम्मा ६ गोल गरेका थिए । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पाँचथर क्षेत्र नम्बर २ का सांसद भीष्मराज आङदेम्बे र विशेष अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले पुरस्कार वितरण गरेका थिए ।
 
नेपाल तरुण दलको ६४ औं स्थापना दिवशको अवशरमा तरुण दल पाँचथरले प्रतियोगिताको आयोजना गरेको हो । यसैबीच केही समयअघि सम्पन्न राजनीतिक दल र पत्रकार बीचको मैत्रिपूर्ण खेलमा पत्रकारको टिम २–१ गोलअन्तरले बिजयी भएको छ । खेलको पहिलो हाफमा राजनीतिक दलको तर्फबाट गजाधर भट्टराइले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा पत्रकारको तर्फबाट सन्देश सुब्बाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसको केही समय पछि पुनः पत्रकारहरुको टिमबाट कृष्ण कन्दङ्वाले गोल गर्दै पत्रकारहरुको टिम बिजयी बनेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ