arrow

तीन नेताको बालुवाटर गफबारे ओलीले के भने ?

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
oli-voice-lokman-new.jpeg

काठमाडौं । मुख्य तीन दलका शीर्ष नेताहरुबीच साझा राजनीतिक मुद्दामा सहमतिका आधारमा अघि बढ्ने समझ्दारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा संविधान संशोधन, संविधान कार्यान्वयन र संसदमा छलपल भइरहेको अख्तियार प्रमुखमाथिको महाभियोग प्रस्तावबारे मिलेर जाने समmभ्दारी भएको हो ।

यद्यपि, बैठकमा भएको छलफलबारे शीर्ष नेताहरुले पत्रकारहरुलाई छलफलको विषय बस्तुबाहेक अन्य सुनाएनन् । उनीहरुले तीन वटा विषयमा मिलेर जाने विषयमा कुरा भएको मात्रै भने ।

एमाले अध्यक्ष केपी ओलीले बालुवाटारबाट बाहिरिने क्रममा संविधान संशोधनको विषय के गर्ने ? कसो गर्ने विषयमा कुरा भएको भने पनि संशोधन गर्ने वा नगर्ने विषय राम्ररी खुलाएनन् । संविधान कार्यान्वयन अघि के गर्ने के नगर्ने भन्ने कुरा भएको बताए पनि ओलीले के गर्ने कुरा भयो भन्नेबारे पनि भनेनन् ।

विषय सुनाउँदै ओलीले भने, ‘बैठकमा महाभियोगको प्रस्तावको सम्बन्धमा, निर्वाचनका सम्बन्धमा, संविधान संशोधनका सम्बन्धमा र संविधान कार्यन्वयनका सम्बन्धमा कुरा भयो ।’ ओलीले पत्रकारमाझ धेरै बोलेनन् ।  

साझा विषयमा मिलेरै अघि बढ्ने र सम्वाद जारी राख्नेमा तीनै नेता सहमत भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेताहरुले भने यसरी जाने यो गर्ने भन्ने केही भनेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ