arrow

म्यानचेष्टर सिटीमाथि म्यानचेष्टर युनाइटेडले लियो बदला

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
hua-mata.jpeg
ओल्ड ट्राफोर्ड । इङलिश लिग कप फुटबलमा म्यानचेष्टर सिटीमाथि जित हासिल गर्दै म्यानचेष्टर युनाइटेडले बदला लिएको छ । 
 
Willy Caballero dives down to his right but is perilous to stop Juan Mata's shot finding the back of the Manchester City net
 
पछिल्लो समय इङलिश प्रिमियर लिग फुटबलम राम्रो फर्ममा नदेखिएको म्यानचेष्टर युनाइटेडले लिग कपमा भने प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीमाथि १–० को जित निकालेको हो । 
 
As Mata turns to the referee to check his goal stands, City players lie helpless on the turf after conceding against their rivals
 
यो जितले म्यानचेष्टर युनाइटेडका म्यानेजर जोजे मौरिन्होलाई भने ठूलो राहत मिलेको छ । 
 
Long-time rivals Pep Guardiola (left) and Jose Mourinho share a laugh on the touchline before kick-off on Wednesday night
 
मौरिन्होले म्यानचेष्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलासंग बदलासमेत लिएका छन् । 
 
Manchester City's Nolito (left) and his Manchester United opponent Antonio Valencia strike a pose during the first half
 
बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडलाई जिताउन खेलको ५४ औं मिनेटमा हुँवा माटाले गरेको गोल नै निर्णायक बन्यो । 
 
Ander Herrera (left) turns under pressure from Iheanacho during a goalless first half at Old Trafford in the EFL Cup
 
त्यसपछि गोलका लागि प्रयास त भएका थिए तर कसैले सकेनन् । 
 
Manchester City captain Vincent Kompany, playing in only his fourth match of the season, acrobatically clears from danger
 
म्यानचेष्टर सिटी भने खासै लयमा देखिएको थिएन । ग्वार्डिओलाले टिममा नौ परिवर्तन गरे तर त्यसले केही काम गरेन । 
Nolito (centre) tries to squeeze through to reach the ball but is stopped in his tracks by Daley Blind and Valencia (right)
 
ग्वार्डिओलाले सर्जिओ अगुएरोलाई बेन्चमा थक्याएर राखेका थिए । 
 
Zlatan Ibrahimovic (left) strikes a first-half free-kick towards goal, but it is diverted wide by a strong Manchester City wall
 
मौरिन्होले भने ज्लाटान इब्राहिमोभिच र पल पोग्बालाईसमेत समेटेर मजबूती देखाएका थिए । 
 
जितसंगै म्यानचेष्टर युनाइटेड लिग कपको क्वार्टरफाइनलमा पुगेको छ । 
 
Kompany (left) swipes the ball clear from Manchester City's half under pressure from Swedish striker Ibrahimovic
 
त्यस्तै वेष्टह्याम र साउथह्याम्पटन पनि क्वार्टरफाइनलमा पुगेका छन् । 
 
मौरिन्होले दोहोरो खुसी हासिल गर्ने क्रममा उनको प्रतिद्धन्द्धी क्लव चेल्सी वेष्टह्यामसंग २–१ ले पराजित भयो । 
 
वेष्टह्यामका कौयाटे र फर्नान्डेजले गोल गर्दा अन्तिम समयमा चेल्सीका गेरी काहिलले सान्त्वना गोलमात्र फर्काउन सके । 
 
त्यस्तै साउथह्याम्पटनले सन्डरल्याण्डलाई १–० ले हरायो । साउथह्याम्पटनका बौफालले निर्णायक गोल गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ