arrow

दार्चुलाका अमर बमलाई आममाफी दिन युएईलाई प्रधानमन्त्रीले के भने ?

प्रधानमन्त्रीलाई युएईमा हुने विश्व ऊर्जा सम्मेलनको निम्तो

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
pm-UAE-news.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युएईको अदालतले मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न युएई सरकारलाई अनुरोध गरेका छन् ।

नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीसँगको भेटमा प्रधानमन्त्री दाहालले युएई सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीले राजदूतमार्फत त्यहाँको सरकारलाई आममाफीका लागि अनुरोध गरे ।

यसअघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले बमलाई रिहाई गर्न युएईका राष्ट्र प्रमुखलाई लिखित अनुरोध गरेका थिए ।

दर्चुलाको धारी गाविसका बमसँगै पक्राउ परेका भारतीय नागरिक मनोज मुदना, करनसिंह राजपुत, स्मुत कुलत बनवारीले बम निर्दोष रहेको भन्दै अदालतलाई बयान दिई लिखित पत्र समेत दिएका थिए । उनीहरुले हत्याको सबै जिम्मेवारी आफ्नो भएको बयान दिएपनि बमको सजाय मिनाहबारे कुनै निर्णय भएको छैन । उनीहरुले बमलालाई गाडी चालकको रुपमा प्रयोग गरेको र हत्याको योजनाबारे कुनै जानकारी नदिइएको बताएका थिए ।

अमरले समेत आफूलाई हत्या योजनाबारे केही थाहा नभएको भन्दै आएका छन् । यस्तै, भेटमा राजदूत नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वल्र्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेका छन् ।

राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताए । प्रधानमन्त्रीले निमन्त्रणाका लागि धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

विहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भयो । भेटमा राजदूत नक्वीले नेपाल र युएई पुराना मित्र भएको भन्दै दुई देशको सम्बन्ध प्रधानमन्त्रीको चासोबारे आफू युएई फर्केर छलफल गर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ