arrow

महाअभियोगबारे औपचारिक निर्णय लिन देउवालाई दबाब

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
Sher.jpg.jpeg

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको एक प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमा जतिसक्दो चाँडो औपचारिक निर्णय गर्न दबाब दिएको छ ।

प्रतिनिधिमण्डलले कार्कीको नियुक्तिको नै शान्ति समाजले विरोध गरेको र आपत्ति जनाएको स्मरण गराउँदै कार्कीविरुद्ध उभिने कुरामा औपचारिक निर्णय गर्न काँग्रेसले ढिलो गर्न नहुने कुरामा जोड दिएको छ ।

भेटपछि शान्ति समाजद्वारा जारी विज्ञप्तिमा भेटका क्रममा सभापति देउवाले काँग्रेस न्यायको पक्षमा उभिने कुरामा विश्वस्त रहन आग्रह गरेको उल्लेख छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी र कोषाध्यक्ष रेणुका पौडेल सम्मिलित उक्त प्रतिनिधिमण्डलले लागुऔषधको दुरुपयोग र लागुपदार्थ दुव्र्यसनविरुद्ध शान्ति समाजले सुरू गरेको अभियानबारे पनि सभापति देउवालाई जानकारी गराएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ