arrow

भारतीय राष्ट्रपति नेपाल आउने दिन विदा दिनुको कारण यस्तो ?

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
cabinet-sthaniye-tah-nirnaye.jpeg

काठमाडौं । भारतीय राष्ट्रपति र चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिन सरकारको निर्णयको सर्वत्र आलोचना भएको छ । विहिबार मात्रै बसेको मन्त्रिपरिषद् बैठकले भारत र चिनियाँ राष्ट्रपति नेपाल भ्रमणका लागि आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयलाई लिएर सामाजिक संजालसहित सर्वत्र चर्चा भएको छ । यद्यपि, प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिम्सिनाले विदा दिनुका कारण प्रस्ट्याउँदै यसबारे भएको हल्ला र प्रचारबाजी काल्पनिक भनेका छन् ।

उनले आफ्नो फेसबुक एकाउण्टमा स्टाटस लेख्दै भनेका छन्, ‘यथार्थ बुझौं । १. सार्वजनिक बिदा भारतका राष्ट्रपतिका हकमा मात्र नभएर चीनका राष्ट्रपतिका हकमा पनि हो । २. सवारी जामका कारण काठमाडौंका नागरिकले दुख नपाउन् भन्ने सरकारको गम्भीरता हो । ३. सार्वजनिक बिदा तिहारकै भोलिपल्ट परेकाले राज्यले ठूलो भार खेप्नु पर्दैन । ४. नागरिक तहबाट सरकारलाई आएका सुझावकै आधारमा निर्णय भएको हो । यसबाहेक गरिएका तर्क, प्रचार र हल्ला काल्पनिक हुन् ।'

तिम्सिनाले नागरिक तहबाट सरकारलाई आएका सुझावकै आधारमा निर्णय भएको समेत उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ