arrow

ऐश्वर्याको बोल्ड सीनपछि सासुले भनिन्- 'बलिउडमा इज्जत रहेन'

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
jaya2.jpeg
एजेन्सी । बलिउड पुरानो पुस्ताकी चर्चित अभिनेत्रि जया बच्चनले अहिलेका चलचित्र माथि टिप्पणि गरेकी छन् । उनले  सो टिप्पणि  मामी फिल्म फेस्टिवलको एउटा सेशनमा गरेकी हुन् ।  जयाले भनिन्- 'एक समय थियो चलचित्रका निर्देशक चलचित्रलाई आदर्श बनाउदथे। आजका निर्देशक व्यपार मात्र देख्छन् ।'
 
'ए दिल हे मुश्किल' मा रणवीर कपूर र ऐश्वर्या रायको निकै बोल्ड सीन रहेको छ । बुहारी  ऐश्वर्या माथि  अप्रत्यक्ष रूपमा टिप्पणी गर्दै जयाले भनिन् - 'अहिलेको चलचित्रमा इज्जत र लाज भन्ने चीज कहि रहेन ।'
 
जयाले भनिन् - ' करोडमा बनेको चलचित्र, पहिलो सप्ताह अन्त्यको कलेक्शन कति भयो ? सोहि  बिषयमा चर्चा  हुन्छ । यो मेले बुझन नसकेको कुरा हो ।' साथै उनले प्रश्न गरिन् - 'अहिलेको समयमा कति बलिउड अनुहार  छन् जसले देशको प्रतिनिधित्व गर्दैछन् ?
 
जयाका अनुसार आजका चलित्रमा पश्चिमी सभ्यताको प्रभाव बढ्दैछ । उनले भनिन् , ‘मलाई थाहा छैन यस्तो किन हुदैछ । हुन सक्छ , त्यो धनि राष्ट्र हो र त्यहाका जनता ज्यादा विकसित मानिन्छ । तर म भारतीय संस्कतिलाई ज्यादा प्रगतिशील रहेको मान्दछु ।’
 
जया बच्चन अहिलेका चलचित्र हेरेर निराश हुन्छिन् । भन्छिन् - 'मन चाहान्छ कहि शान्त ठाउमा जाउँ।'  उनले भनिन् - 'पहिले खलनायिकालाई यस रुपमा देखाइन्थ्यो । तर आहिले खलनायिकाको आवश्यकता नै रहेन । नायिकाले नै खलनायिकाको भुमिकामा देखिन थाले ।'
 
जयाले भनिन् - नायिकालाई  छोटे कपडा लागाउन र आइटम डान्स गर्न मात्र लगाइयो ।  बलिउडले पैससँग विवाह गरेको छ । बलिउडका चलचित्र मुंबईका स्थानियले बनाउछन् । जो पश्चिमी संस्कृतिबाट प्रभावित छन् । उनिहरुको सोचाइ पनि त्यस्तै रहेको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ