arrow

डेंगु परिक्षणको किट विदेशबाट ल्याईयो

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
dengue--ji-ha.jpeg
काठमाडौं । डेंगु परिक्षणका लागि आवश्यक पर्ने किट बिहीबार नै भारतबाट ल्याएर चितवन र झापामा पठाइएको छ । भारतबाट ल्याईएको ९०० किट मध्ये ४०० ओटा चितवनको जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको र २०० ओटा झापाको दमक अस्पतालमा पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले जानकारी दिए । 
 
आचार्यले दमक अस्पताललाई थप २०० ओटा किट आम्दा अस्पतालले समेत दिने भएकाले झापा, चितवन सहित डेंगु प्रभावित सवै ठाउमा पर्याप्त मात्रामा किट पुगेको बताए । वाँकी ३ सय भने महाशाखामै संचय गरिएएको छ । डेंगु परिक्षण गर्ने झण्डै ६ सय वटा किट शुक्रबार अमेरिकाबाट पनि ल्याईने भएको छ । शुक्रबार दिउसो ३ बजे सम्म अमेरिकाबाट मगाईएको किट आईपुग्ने आचार्यले बताए । 
 
पछिल्लो समय डेंगु प्रभावित हुनेहरुको संख्या पनि निकै कम भएको उनले जानकारी दिए । चितवनमा केहीदिन देखि नयाँमा देखिएको छैन भने झापामा बुधबार २२ जना र बिहीबार ४ जनामा मात्रै देखिएको छ । डा आचार्यले बिहीबार सम्म यस बर्ष देशभरी डेंगु देखिएकाहरुको संख्या ५२५ पुगेको बताए  । 
 
पर्वमा पनि २४ सै घण्टा सेवा 
 
डेंगु प्रभावित क्षेत्रहरुमा चाड पर्वको बेलामा पनि २४सै घण्टा सेवाको व्यवस्था गरिने भएको छ । सम्वन्धीत स्वास्थ्य संस्थाका प्रमुखहरुलाई चाड पर्वको बेलामा पनि उपचारको व्यवस्था गर्न लगाइएको महाशाखाले जनाएको छ । 
चितवन र झापामा बिहीबार पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय स्वयमसेवी आदीको टोलीले लामुखट्टे फैलन नदिने र डेंगु सचेतना कार्यक्रमहरु जारी राखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ