arrow

विवरण पेश नगर्ने ६ धितोपत्र र ४ मर्चेन्ट वैंकरहरुको कारोबार रोक

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
sebon.jpg.jpeg
काठमाडौँ ।  धितोपत्र बोर्डले विवरण पेश नगर्ने ६ धितोपत्र व्यवसायीको कारोबारमा रोक लगाएको छ ।  बोर्डले रोक लगाएका धितोपत्र  व्यवसायिहरुमा धितोपत्र दलालहरु (ब्रोकर नं. ३२ प्रिमियर सेक्युरिटिज, ब्रोकर नं. ५ मार्केट सेक्युरिटिज, ब्रोकर नं. ३ अरुण सेक्युरिटिज, ब्रोकर नं. ७ जे. एफ. सेक्युरिटिज, ब्रोकर नं. ३९ सुमेरू सेक्युरिटिज र ब्रोकर नं. ५२ सुन्धारा सेक्युरिटिज)  रहेका छन् । साथै बोर्डले मर्चेन्ट वैंकरहरु नागरिक लगानी कोष, बिड इन्भेष्टमेन्ट लि., भिवोर क्यापिटल लि., र सिद्धार्थ क्यापिटल लि.लाई ७ दिन मर्चेन्ट वैकिङ्ग व्यवसाय सम्वन्धी नयाँ सम्झौता तथा नयाँ कार्य गर्न रोक लगाएको छ ।  
 
पूंजीबजार सुधारका निम्ति सुपरीवेक्षण कार्यलाई समेत बोर्डले सकृय बनाउंदै लगेको छ ।  धितोपत्र सम्वन्धी ऐन २०६३ को दफा ८२ को उपदफा (१) मा धितोपत्र व्यवसायीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अघिल्लो आर्थिक वर्षमा धितोपत्र व्यवसाय गरेको संचालन विवरण स्पष्ट देखिने गरी अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको नाफा नोक्सानको हिसाब, वासलात र नगद प्रवाह विवरण तथा अन्य आवश्यक आर्थिक विवरणहरु बोर्ड समक्ष पेश गर्नु पर्ने र उपदफा (२) मा उपदफा (१) बमोजिम हिसाब तथा विवरण पेश गर्न नसकेमा सो को मनासिव माफिकको कारण खुलाई म्याद थपको लागि बोर्ड समक्ष धितोपत्र व्यवसायीले निवेदन दिएमा बोर्डले तीन महिनासम्म म्याद थप दिन सक्ने व्यवस्था रहेको छ । तर सो व्यवस्था अनुसार वोर्डमा विवरण पेश नगर्ने तथा म्याद थपको लागि निवेदन समेत पेश नगर्ने धितोपत्र दलालहरुलाई कार्वाही गरिएको बोर्डले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ