arrow

भारतसँगको वाणिज्य सन्धि सात वर्षका लागि नवीकरण

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
nepal-india-flag.jpeg
काठमाडौँ। नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि आजदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ।
 
दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले विसं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो। सन्धिको धारा १२ को उपधारा ख अनुसार स्वतः आजदेखि अर्को सात वर्षका लागि सन्धि हुबहु नवीकरण भएको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले राससलाई जानकारी दिए।
 
सन्धिमा भएको प्रावधानले दुवै मुलुकका उत्पादनलाई एकार्काका बजारमा सहज पहुँचको व्यवस्था गरेको छ। सन्धिको शून्य भन्सारको छुट व्यवस्थाले अतिकम विकसित मुलुक नेपालमा वैदेशिक लगानी सुनिश्चित गरेको सचिव उपाध्यायको धारणा छ। सन्धिका प्रावधानले नेपालको औद्योगिक विकासको आधारशिला स्थापना गर्नाका साथै द्विपक्षीय व्यापार सहजीकरणका लागि प्राविधिक सहयोगको सुविधा समेत प्रदान गरेको छ।
 
उत्पादित वस्तुको निर्यातमा कुनै कठिनाइ उत्पन्न भएमा सन्धिले दुवै मुलुकको आपसी सहमतिमा समाधान गर्ने प्रावधानको व्यवस्था गरेको छ। सन्धिको धारा १२ को सीमा दुई देशको आपसी समझदारीमा सन्धि संशोधन गर्न सकिने जनाइएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ