arrow

बन्द उद्योग सञ्चालनमा ल्याउने : मन्त्री जोशी

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
joshi.jpeg
काठमाडौँ। सरकारले बन्द अवस्थामा रहेका विभिन्न उद्योगहरू सञ्चालन गर्ने भएको छ। उद्योग मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले २०५७ सालदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त लगानीमा पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए।
 
त्यसैगरी २०६६ सालदेखि बन्द रहेको बुटवल धागो कारखाना प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने र वीरगन्ज चिनी कारखाना खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने तयारी भइरहेको मन्त्री जोशीले जानकारी दिए।
 
विसं २०६१ भदौदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानामा कार्यरत अधिकांश कर्मचारी तथा मजदुर अवकाशमा गइसकेका छन् भने १९३ जनाले रकम नलिएर अदालत गएका छन्।
 
“मन्त्रालयले गोरखकाली रबर उद्योग र नेपाल ओरियण्ट म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ, त्यसका लागि दुई साताभित्रमा मन्त्रालयले कार्ययोजना सार्वजनिक गर्नेछ”–मन्त्री जोशीले भने। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ