arrow

तिहारमा तेह्रथुमे ढाकाको व्यापार बढ्यो

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
dhaka-terathum.jpeg
तेह्रथुम। तिहार नजिकिएसँगै पुर्वी पहाडी जिल्ला तेह्रथुममा उत्पादित घरेलु ढाकाको माग ह्वात्तै बढेको छ । तिहारकालागि जिल्लाका साना तथा ठुला उद्योग, कोसेली घर र खुद्रा पसलहरुमा ढाकाको व्यापार  बढेको व्यवसायी बताउँछन् ।  सामान्य समयमा दैनिक हुने व्यापार भन्दा अहिले ढाकाको व्यापार ह्वात्तै बढेको र उत्पादनले समेत धान्ने अवस्था नरहेको पराजुली ढाका कपडा उद्योगका सन्चालक ढंग पराजुलीले बताए ।
 
तिहारमा चेलीहरुले माइतीका लागि उपहार दिने कपडामा यहाँका उद्योगहरुमा हाते मेसिनबाट बुनेर तयार पारिएका ढाका कपडाहरुको प्रयोग बढेको हो । विशेषगरी ढाकाको टोपी, मफ्लर, चोली, पछ्यौरा, सारी, रुमाल लगायत सामानको माग उच्च रहेको व्यवसायी पराजुलीले बताए । तर माग बढेपनि दशैंपछि उद्योगको उत्पादन भने घटेकाले माग धान्न समस्या रहेको उद्योगीहरु बताउँछन् । 
 
धेरै उद्यमीहरु दशैं मनाउन गएपछि काममा नफर्किएकाले उत्पादन भने दशैं यता ठप्प रहेको छ । यहाँ उत्पादित ढाका पुर्वका धनकुटा, धरान, विराटनगर हुँदै काठमाडौंसम्मका बजारहरुबाट माग आउने गरेको छ । ढाका कपडामा जिल्लामा झण्डै पाँच हजारबढी उद्यमीहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ