arrow

भष्टचार अभियोगको डरले महाअभियोग प्रकरण अघि ल्याइयो : फोरम नेता शाह

logo
गोपाल भण्डारी,
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
hamrakura-logo.jpeg
कपिलवस्तु । वर्तमान सरकार निर्माणमा सहयोगी रहेको मधेशी मोर्चासंग कुनै सल्लाह नै नगरी ल्याईएको महाअभियोग प्रकरणमा आफुहरुले समर्थन गर्न नसक्ने संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाहले बताएका छन् ।
 
अजय प्रताप शाह मेमोरियल ट्रष्टले तौलिहवामा विहिबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता शाहले माओवादी र एमाले नेताहरुले आफुहरु भष्टचारमा पर्ने डर त्रासका कारण अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाअभियोग ल्याईएको बताए । मुलुकलाई भष्टचार मुक्त बनाउनु हामी सवैको दायित्व हो, नेता शाहले भने, “महाअभियोगको डण्डा देखाएर तर्साईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब कुन मनोवलले काम गर्न सक्छ ? प्रमुख दलको  प्रमुख दलको छायामा बसेर काम गर्नु पर्दा अख्तियारका कर्मचारहरु अब ठुला भ्रष्टचारीहरुलाई कारवाही कसरी गर्न अख्तियारका कर्मचारीहरु अब ठुला भष्टचारीहरुलाई कारवाही कसरी गर्न सक्छन् ?”
 
कार्यक्रममा नेता शाहले वर्तमान संविधान सभाबाट संविधान संशोधनका माध्ययमबाट तराई मधेश आदीवासी जनजातिका मुद्धाहरु संवोधन हुने आशा अब नरहेको बताउंदै यो संविधान सभाको औचित्य समाप्त भई यो मुलुकमा तेस्रो संविधान सभाको निर्वाचन आवश्यक रहको बताए ।
 
नेता शाहले आफ्ना मागहरुलाई सरकारले यसरी नै उपेक्षा गर्दै जाने हो भने छठ पर्वको भोलिपल्टबाट आफुहरुको कडा आन्दोलन सुरु गर्ने  बताए । त्यसको लागि नेता शाहले सवै कार्यकर्तालाई तयारीका साथ लाग्न आह्वान समेत गरेका छन् । अब हुने आन्दोलन र त्यसले निम्त्याउने वेथितिको सवै जिम्मेवारी वर्तमान सरकारले लिनु पर्ने नेता शाहले बताए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ