arrow

टेलिकमको वाइमेक्स सेवा पचहत्तरै जिल्लामा

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
wimaxbanner.jpeg
काठमाडौँ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । 
 
उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा यही कात्तिक ७ गतेदेखि हुम्लामा समेत यो सेवाको विस्तार गरेपछि अब ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको टेलिकमले जनाएको छ । 
 
वाइम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा आधुनिक फोर–जी प्रविधिको इन्टरनेट सेवा हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ