arrow

बामदेवले भने– संविधान संशोधन हुन सक्दैन

लोकमानले राजनीतिक दल, निजामती प्रशासनलाई आतंकित बनाएर छुटै राज्य सत्ता संचालन गरे !

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
bamdev-gautem.jpg.jpeg
विराटनगर । एमाले उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संसोधन हुन नसक्ने बताएका छन् । 
 
विराटनगर विमानस्लमा शुक्रबार संचारकर्मीसंग कुरागदै उपाध्यक्ष गौतमले सडकवाट नभई सदनबाट संविधान संशोधन हुने भएकाले मधेशी मोर्चाले आन्दोलन र धम्किका कुरा छाडनुपर्ने बताए । 
 
सहमतिबाट संविधान संसोधन हुने भएकाले आन्दोलनको धम्कि होइन लचिलो भएर समाधान खोज्नु पर्ने उनको भनाई छ । 
 
संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग अहिलेसम्म कुनै सल्लाह नभएको सुनाए । यद्यपि, गौतमले संविधान संशोधन हुन नसक्ने बताउँदा अध्यक्ष केपी ओलीले संविधान संशोधनका लागि मिलेर जाने भन्दै शीर्ष नेताहरुसँग सहमति गरिसकेका छन् ।
 
उपाध्यक्ष गौतमले संविधान संसोधन गर्न दुई तिहाई बहुमत चाहिएकाले एमालेलाई पाखा लगाएर दुई तिहाई बहुमत पुर्‍याउने शक्ति कसैमा नभएको  बताए ।
 
गौतमले संविधान निमार्णको क्रममा पनि मधेशी मोर्चाले आन्दोलन गरेर निमार्ण प्रक्रिया लाई अवरोध गर्न खोजेको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्ने समयमा पनि त्यस्तो अवस्था आउन दिन नहुने बताए । 
 
अर्को प्रसंगमा उपाध्यक्ष गौतमले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले राजनीतिक दल, निजामती प्रशासनलाई आतंकित बनाएर छुटै राज्य सत्ता कायम गर्न खोजेकाले महाअभियोग प्रस्ताव ल्याउनु परेको बताए ।
 
उहाँले महाअभियोग प्रस्ताव मुख्य ठुला तीनै दल मिलेर पारित हुने समेत बताए । उपाध्यक्ष गौतमले भारत र चीन दुवै देशका राष्ट्र प्रमुख आउँदा सार्वजनिक विदा दिन आवश्यक नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ