arrow

सङ्घीयता लागू गर्न स्थानीय निर्वाचन अपरिहार्य : सिटौला

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
krishna-sitoula.jpg.jpeg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानअनुसार सङ्घीयता लागू गर्न यस वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्नु अपरिहार्य भएको बताएका छन् । 
 
तिहार, नेपाल संवत् र छठका अवसरमा प्रजातन्त्रवादी पत्रकारसँगको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयन काँग्रेसको अहिलेको प्रमुख कार्यसूची हो भने । संविधान कार्यान्वयनका लागि आागामी २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन गर्नु आवश्यक रहेकामा जोड दिँदै उनले भने , “चैतभित्र स्थानीय निकायको निर्वाचन हुन नसके संविधान कार्यान्वयनमा कठिनाइ उत्पन्न हुनेछ ।” 
 
“काँग्रेस सबैभन्दा ठूलो दल भएका नाताले संविधान कार्यान्वयनका लागि अन्य दलसँगको सहमतिमा संविधान संशोधन गरेर अघि बढ्ने कुरामा प्रतिबद्ध छ” नेता सिटौलाले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग कानुनी प्रक्रियानुसार अघि बढेकाले हाल यस विषयमा काँग्रेसले कुनै निर्णय गर्नुपर्ने आवश्यकता नरहेको उनको धारणा थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ