arrow

प्रेमगीतको शीर्ष गीत हिट बन्दै(भिडियो)

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
Prem-geet.jpg.jpeg
काठमाडौं । आउँदो प्रेम दिवसको अवसरमा प्रर्दशन हुने फिल्म प्रेमगीतको शीर्ष गीतलाई दर्शकले मनपराउने क्रम बढ्दै गएको छ । युट्युवमा राखिएको एक हप्तामै एक लाख भन्दा बढी दर्शकले प्रेमगीत भिडियो हेरिसकेका छन् ।  यसै गीतको कभर सङ प्रतियोगिताको पहिले नै घोषणा गरिएको थियो । घोषित कभर सङ प्रतियोगिताको युट्युव गीतको भिडियो कलेक्सन शुरु भएको छ । कभर सङ प्रतियोगिताको लागि गीत गाएर भिडियो पठाउनेहरुको संख्या पनि निरन्तर बढिरहेको निमार्ता सन्तोष सेनले बताए । हालसम्म सय भन्दा बढिले कभर सङ गाएर पठाईसकेका छन् ।

फिल्म प्रेमगित निर्माण युनिटले मंसिर ११ गते फिल्मको कभर सोङ “म यस्तो गीत गाउँछु” को भिडियो सार्वजनिक गरेको थियो । भिडियो सार्वजनिक गरेसंगै फिल्मको युट्युव कभर सोङ कम्पेटिसन पनि घोषणा गरिएको थियो । आगामी पौष १२ गते सम्म प्रतियोगीहरुले गति पठाउन सक्नेछन र माघ १ गते सबै सहभागीहरुको भिडियो युट्युवमा सार्वजनिक गरिनेछ ।

माघ २७ गतेसम्म प्रतियोगीहरुले आफ्नो भिडियो शेयर गरि प्रचारप्रसार गर्ने मौका पाउनेछन् । सहगाभी मध्यबाट उत्किृष्ठ दश प्रतियोगी छानीनेछ र उनीहरुले एक एक थान स्मार्ट मोवाइल सेट पुरस्कार पाउने छन् । उत्कृष्ठ दश मध्यबाट यसै गीतका संगितकार अर्जुन पोखरेल र गायक गायिका सुगम पोखरेल र अन्जु पन्तले विजेता छान्ने छन् । विजेताले एक लाख नगद पुरस्कार र आगामी फिल्ममा पाश्र्व गायन गर्ने मौकासमेत पाउने संगितकार अर्जुन पोखरलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ