arrow

साथीको उपचार खर्चका लागि सडक व्यापार !

logo
कुमोद अधिकारी ।
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
sathika-lagi-sadakma-byapar.jpeg

विराटनगर । दुर्घटनाका कारण खर्चको अभावमा थला परेकी सहकर्मीको उपचारका लागि सामाजिक सञ्जालको एक समूह तिहारका समान विक्रि गरेर खर्च जुटाउन लागि परेको छ ।

दुुई हप्ता अघि झापाको केर्खामा ट्रकले किचेर खुटा गुमाएकी २३ वर्षिया कमला कार्कीको उपचारका लागि सामाजिक सञ्जालमा जोडिएको विराटनगरको जीआरआर ग्रुप अहिले खर्च जुटाउन खटेको हो ।

दिपावलीमा रमाइलो गर्ने अहिलेको समयमा २०,२२ वर्षका ती युवाहरु सामूहिक रुपमा  सहयोगको याचना गर्दै काममा सक्रिय छन् ।

विराटनगरका विभिन्न कलेजमा अध्यनरत युवा युवतीहरु विराटनगरको वि प्लट अगाडिको मुख्य सडक छेउमा तिहारमा प्रयोग हुने दियो, मैनवत्ती, माटोका घडा विक्रि गरेर सहयोग जुटाइरहेको समूहकी सदस्य सदिच्छा अधिकारीले बताइन् ।  

दुई दिन देखि आठ जनाको समूहमै बसेर सामान विक्रिमा खटेका छन् । विराटनगरमा मात्र नभएर उपचार सहयोगमा खर्च जुटाउन समूहका सदस्यहरुले काठमाण्डौ, पोखरा, चितवन , इटहरी दमक तथा केर्खामा समेत अभियान संचालन गरेको अधिकारीले बताइन् ।

समूहमा ५ हजार सदस्य छन् सबै सदस्य खर्च जुटाउने अभियानमा जुटेका छन् । यसैगरी समाजिक सञ्जालको चटकी समूहपनि संकलन कार्यमा जुटेको छ । लामो समयदेखि कमलाकी आमा क्यान्सर पीडित भएका कारण उपचार खर्चमा भएभरको सम्पत्ति सकिइसकेको छ ।

आमा विरामी रहेकै बेला कमला कार्कीले खेप्नु परेको विपद्ले परिवारको बिचल्ली  भएकाले सहयोगमा जुटेका अर्का सदस्य संरक्षण देवकोटाले बताए । परिवारको अवस्था दयनीय रहेको बताइएको छ । उपचार खर्च नभएका कारण अहिले कार्की आफनै डेरामा बस्दै आएकी छन् ।
कमला कार्की समेत समूहकी सदस्य हुन् । बाटोमै बसेर १५ हजार बढी रुपैँया उठाउने समूहले जनाएको छ ।

शुक्रबार एक दिनमा साढे सात हजारको व्यापार भएको र शनिवार समेत राम्रै व्यापार भइरहेकाले रकम संकलन राम्रै हुने देवकोटाको भनाई छ । रकम संकलन भएपछी कार्की डेरा बस्दै आएको झापाको केर्खा पुगेर रकम हस्तान्तण गर्ने उनले बताए । भाईटिकाको भोली पल्ट कार्कीको हातमै गएर रकम हस्तान्तरण गर्ने सदस्य सदिक्षा अधिकारीले बताइन् ।

उनीहरुले, कमला कार्कीको उपचार सहयोगका लागि  ९८६२२०८२३७ तथा ९८२४३६१४४९ फोन गर्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ