arrow

पाईलट नहुँदा प्याराग्लाईडिङ बन्द

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
paragliding1.jpg.jpeg
काठमाडौं। सुर्खेतमा केही महिना मात्र सञ्चालन भएको प्याराग्लाइडिङ पाइलट अभावमा बन्द भएको छ ।
 
दुई वर्षअघि सञ्चालनमा ल्याइएको प्याराग्लाइडिङको उडान दक्ष पाइलटको अभावमा बन्द भएको हो । तर, सञ्चालकले भने आगामी ३ महिनाभित्र पुनः सुर्खेतको आकाशमा प्याराग्लाइडिङको नियमित उडान हुने दाबी गरेका छन् ।
 
त्यसका लागि आवश्यक तयारी भइरहेको वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदमबहादुर शाहीले बताए ।
 
सरकारले यो वर्षलाई घुमफिर वर्षका रुपमा मनाइरहेको र जिल्लामा पर्यटकको आवागमन बढेको भन्दै उनले पुनः प्याराग्लाइडिङ सञ्चालनको तयारी गरेका हुन् । पाइलटलाई जिल्लामा ल्याउने काम भइरहेको उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ