arrow

जनसम्पर्क समिति कान्तो क्षेत्र जापानले शुभकामना आदानप्रदान गरेर मनायो तिहार

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
nejasa-japan-kanto-tihar.jpeg
जापान । जनसम्पर्क समिति जापान अन्तर्गत कान्तो क्षेत्रको आयोजनामा तिहारको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। टोकियोमा रहेको सोलमारी रेष्टुरेण्टको मुराहलमा आयोजित कार्यक्रममा बक्ताहरुले एकआपसमा भाईचाराको सम्बन्ध नजिक बनाउने महान पर्वहरुको शुभकामना ब्यक्त गरेका थिए। देशमा राजनितिक परिवर्तन भएपनि देशको मुहार परिवर्तन हुन नसकेकोले अब देशको आर्थिक परिवर्तन खाँचो रहेको उनीहरुले बताएका थिए। 
 
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुदन थापा, जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी कंडेल, महेश कुमार श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो।  प्रवासी नेपाली मंचका उपाध्यक्ष राजकुमार पण्डीत, जनसम्पर्क समिती जापानका पुर्व संयोजक -भुपी गोबीन्द श्रेष्ठ, काँग्रेस महाधिबेसन प्रतिनिधी राजेन्द्र प्रसाद जमरकट्टेल, माओबादी केन्द्र निकट जनप्रगतीशिल मञ्चका महासचीब श्यामहरी पाण्डे, नयाँशक्ती संयोजक-पदम ठगुन्ना, राप्रपाका निबर्तमान अध्यक्ष-रघुदीप खड्का, पत्रकार महासंघ प्रतीनिधी मोहन घले, जनसम्पर्क समितीका पुस्करजँग थापा, चितवन समाज उपाध्यक्ष-राजन श्रेष्ठ, रामेछाप समाजका सल्लाहकार निकेश श्रेष्ठ, बाँकेबर्दीया समाजका अध्यक्ष जनक बिक्रम शाही, तामाङ समाजका मर्म तामाङ्, धादिंग समाजका कृष्ण खनाल, गजलकार रबिन शर्मा जनस्सम्पर्क समिती जापानको तर्फबाट बिष्णु अर्याल, जापान क्युशुक्षेत्र संयोजक-बासुदेब लामिछानेलगाएत कार्यक्रममा सहभागि थिए। 
 
 
कार्यक्रम कान्तो क्षेत्र संयोजक यदुराम सापकोटाको अध्यक्षतामा भएको थयो। उपाध्यक्ष एकेन्द्र थापाको स्वागत मन्तव्य राखेको कार्यक्रममा बिमानसिङ मोक्तानले कार्यक्रम सञ्चालन गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ