arrow

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्न जोड

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
news-naya-sakti-naya.jpeg

काठमाडौं । नयाँशक्ति नेपालले संविधान संशोधन मार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।

जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्ण समानुपातिक संसद्को प्रावधान पनि समावेश गराउन ध्यानाकर्षण गराएको हो ।

दिपावली, छठ र नेपाल संवत् ११३७ का अवसरमा पार्टी प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली समाजका बाधा व्यवधान पार गर्दै सम्पूर्ण नेपालीकोे खुसियालीका निम्ति र नेपाली समाजको समृद्धिको प्रेरणा मिलोस् भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ