arrow

राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रलाई लगाइन् भाइटीका

logo
प्रकाशित २०७३ कार्तिक १६ मंगलबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभ साइतमै विहान ११ बजेर ५२ मिनेटमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । भाइ पुजन एवं टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिएकी थिइन् ।

साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेलाई टीका तथा माला लगाई पूजा गरे । भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘सबैकोे सुखशान्ति भएमात्र देशको समृद्धि हुन्छ । मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा समेत जोड दिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ