arrow

रानीपोखरीमा साँघुरो ठाउँमा लगाइयो भाइटीका, बालगोपालेश्वरको पाइएन दर्शन

logo
प्रकाशित २०७३ कार्तिक १६ मंगलबार
ranipokhari-ko-bhaiteka.jpeg

काठमाडौं । तिहारको भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यस वर्ष पनि खुल्न सकेन । २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण भत्किएको काठमाडौंको रानीपोखरी पुनःनिर्माण समयमै हुन नसक्दा यसपटक पनि रानीपोखरीमा हुँदै आएको भाइटीका कार्यक्रमलाई असर पुगेको हो ।

सर्वसाधारणका लागि रानीपोखरीको प्रवेशद्वारमा साँघुरो गरी टीका लगउने व्यवस्था गरियो । अधिकांश दाजुभाई तथा दिदि बहिनी रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा दर्शन गर्न आएपनि उनीहरु गेटबाटै फर्किए ।

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरु रानीपोखरीस्थित बालगोपालेश्वर महादेवको मन्दिरमा पुगी टीका लगाइ आर्शिवाद लिने र दिने गर्दछन् । काठमाडौं महानगरपालिकाले तिहारअघि नै दर्शन गर्न मिल्ने गरी मन्दिर निर्माण थालेपनि मापदन्डविपरीत बनाइएको भन्दै पुरातत्व विभागले निर्माण रोक्न निर्देशन दिएपछि रानीपोखरीको पुनःनिर्माण हुन सकेन ।

उता, काठमाडौंंको बसन्तपुरस्थित काष्ठमन्डपको मन्दिर पनि भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा त्यहाँ हुने गरेको सामूहिक टीका कार्यक्रमलाई पनि असर पुगेको छ । यसअघि हरेक वर्ष दिदीबहिनी नहुनेका लागि ‘अञ्जली दिदी’ले त्यहीँ सामूहिक टीका लगाइदिने गरेकी थिइन् ।

काष्ठमन्डपको पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । यस्तै, जयवागेश्वरी स्थित खञ्जनेश्वर मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाएका छन् । रानीपोखरी र खञ्जनेश्वर मन्दिरमा सधैँ भाइटीकाको कार्यक्रम हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ