arrow

भारतीय राष्ट्रपतिको पशुपति दर्शन प्रसङ्ग, दर्जन गाडीले समस्या

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
gadi-nai-gadi.jpeg
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीे पशुपतिनाथ मन्दिरभित्र यतिबेला विशेष पूजा गरिरहेका छन् । १०ः१५ बजे पशुपति मन्दिर परिसरमा पुगेका मुखर्जीले एक घण्टासम्म लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्दैछन् ।  
 
यो विशेष पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 
 
राष्ट्रपति मुखर्जी मन्दिरद्धारभित्र प्रवेश गरिसकेपछि पनि जो जुन पोजिशनमा छन् त्यही पोजिशनमै रहन निर्देशन दिइएको छ । 
 
संचारकर्मीले समेत आफ्नो स्थान छाड्न पाएका छैनन् । 
 
 
मुखर्जी आउँदा सुरक्षाका बाहेक विशेष १३ गाडी आउँदा भने पार्किङ्गमा समस्या भएको छ । ट्राफिक प्रहरी डिएसपी नै खटिए पनि व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । 
 
 
 
मुखर्जी सवार गाडीलाई पशुपति मन्दिरको ढोकैनिर राखिएको छ भने अन्य गाडीलाई व्यवस्थित गर्ने क्रम जारी छ । 
 
 
बाहिर धिमेबाजाको निरन्तर ध्वनिले पशुपति क्षेत्र मन्त्रमुग्ध भएको हाम्रा सहकर्मी गौरव पोखरेलले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ