arrow

शीर्षतामा फर्कियो सिटी

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
City-striker-.jpg.jpeg
एजेन्सी । स्वान्सी सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।आफ्नै मैदानमा म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले हरायो । म्यान्सिटीलाई विजयी गराउन विल्फ्रेड बोनी र इहीनाचोले एक–एक गोल गरे ।
 
यस्तै, उपाधि दावेदार म्यान्चेस्टर युनाइटेड भने पराजित भएको छ । म्यानयु एएफसी बर्नमाउथसँग २–१ ले पराजित भएको हो । क्रिष्टल प्यालेसले आफ्नै मैदानमा साउथ ह्याम्पटनलाई १–० ले हराउँदा सण्डरल्याण्ड वाट्फोर्डसंग १–० ले नै पराजित भयो ।
 
नर्विच सिटी र एभर्टनले १–१ को बराबरी खेल्दा वेष्ट ह्याम युनाइटेड र स्टोक सिटीले गोल रहित बराबरी खेले । यी खेलसंगै लिगमा ३२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा समान ३२ अंकको लेस्टर सिटी गोल अन्तरका आधारमा पछि परेको छ । ३० अंक बटुलेको आर्सनल तेस्रो स्थानमा छ । म्यान्चेस्टर युनाइटेड २९ अंक जोड्दै चौथो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ