arrow

मुखर्जीलाई महानगरकाे अभिनन्दन : स्वागतद्वारमा यस्तो देखियो

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
mukharji-selfe.jpeg

काठमाडौं। भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भव्य भएको छ। काठमाडौंकाे भ्रमण कार्यक्रममा मुर्जीलाई विभिन्न सम्मान गरिएका छन्। यस्तै, काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा भव्य नागरिक अभिनन्दन समारोह गरेको छ। सभागृह अघि र बाटोमा विभिन्न साँस्कृतिक झाँकीहरुले मुखर्जीको भव्य स्वागत र सम्मान गरेका छन्। 

सभागहृमा नेपाली कलाकारहरुले अभिनन्दन गीत गाउँदा भारतीय पाहुनाहरु प्रफुल्लित देखिए। रत्न शमशेर थापाले लेखेको अभिनन्दन गीतमा दुवै देशको सम्बन्ध सुधार हुने भाव थियो। जसको संगीत भुपेन्द्र रायमाझीले गरेका थिए। महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह लामाङले अभिनन्दन पत्र बढेर सुनाए।

काठमाडौ महानगरका कार्यकारी प्रमुख तामाङले राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन पत्र हस्तान्त्रण गरे। तामाङले कलात्मक ढोका र काठमाडौं उपत्यका उत्पत्तिको कथा जोडिएको मन्जुश्रीको मुर्ती समेत प्रदान गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ