arrow

मुखर्जीलाई महानगरको अभिनन्दन पत्र : नेपाली र भारतबीचको मित्रता अमर रहोस् !

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
news-mahangar-avinandan.jpeg

काठमाडौँ । काठमाडौं महानगरपालिकाले भारतीय राष्ट्रपति मुखर्जीलाई काठमाडौं नगरबासीको तर्फबाट नागरिक अभिनन्दन गरेको छ । महानगरपालिकाले राष्ट्रिय सभागृहमा भव्य रुपमा नागरिक अभिनन्दन गरेको हो । सभागृह अघि र बाटोमा विभिन्न साँस्कृतिक झाँकीहरुले मुखर्जीको भव्य स्वागत र सम्मान गरे ।

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह लामाङले अभिनन्दन पत्र बढेर सुनाउँदै भने, ‘भारतका जनताप्रति नेपाली जनता उदार छन् । नेपाली र भारतबीचको मित्रता अमर रहोस् ।’ कार्यकारी प्रमुख तामाङले राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन पत्र हस्तान्त्रण गरे । तामाङले महानगरपालिकाको प्रतिकात्मक साँचो, उपत्यकाकाे कलात्मक काठकाे ढोकाकाे प्रतीक, र काठमाडौं उपत्यका उत्पत्तिको कथा जोडिएको मन्जुश्रीको मुर्ती समेत प्रदान गरे ।  

अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले नेपालको दिगो विकासका लागि भारत सदैव साथमा रहने बताए । यस्तै मुखर्जीले नेपालसंगको विकासमा भारतले सहयोग गर्दै आएको र फेरि पनि पुनःनिर्माण लगायत विभिन्न पूर्वाधार निर्माणमा सहयोग गर्ने विश्वास दिलाए । मुखर्जीले महानगर पुस्तिकामा हस्ताक्षर समेत गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ