arrow

‘ए दिल है मुश्किल’को डायलगले अनुष्कालाई नै मुस्कील, प्रहरी महानिर्देकले नै भने बहिस्कार गर

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
anuska-adhm-review.jpeg

एजेन्सी । रोमान्टिक कमेडी हिन्द फिल्म ‘ए दिल है मुश्किल’को एउटा डायलगले सनसनी फैलाएको छ । अभिनेत्री अनुस्का शर्माले बोलेको उक्त डायलग आपत्तिजनक र अपमान जनक भन्दै निकै चर्चा भएको हो । त्यति मात्र होइन अनुष्काले बोलेको सो डाइलगप्रति गोवाका प्रहरी

महानिर्देशक डीजीपीले समेत आपत्ति जनाएका छन् । त्यति मात्र नभई उनले फिल्म नै बहिस्कार गर्न अपील समेत गरेका छन् । गोवाका प्रहरी महानिर्देशक मुक्तेश चंदरले दर्शकसँग करण जौहरको सो फिल्म नै बहिस्कार गर्न अपील गरेका हुन् । उनले कारण खोतल्दै भनेका छन्, ‘यसमा महान पाश्र्व गायक मोहम्मद रफीको कथित रुपमा अपमान गरेको छ ।’

चंदर फिल्मको एक संवादसंग दुःखी छन् । जसमा रफीको गायनको तुलना रुनुसँग गरिएको छ । फिल्ममा देखाइएको एक संवादमा अनुष्का शर्मा अभिनेता रणवीर कपूरसँग भन्छिन्, ‘मोहम्मद रफी ? वो गाते कम, रोते ज्यादा थेना (उनी गाउँथे कम रुन्थे बढी हैन) ? ।’

गायकका परिवार जनले समेत फिल्मको उक्त संवादलाई लिएर आपत्ति प्रकट गरेका छन् । पाकिस्तानी अभिनेता फवाद खानको निर्देशन रहेकाले भारत–पाकिस्तानको विवादका कारण फिल्म प्रदर्शनताका निकै विवाद भएको थियो । फिल्मको बक्स अफिस भने सुखद रहयो । हाल सम्म यो फिल्मले विश्वभर एक सातामा १ सय करोडको कारोबार गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ