arrow

कृत्रिम फूलमा बन्देज, व्यापारीको हारगुहार [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
artificial-flower-2080.jpeg

काठमाडौँ । तिहारको मुखमा कृत्रिम फूलमा बन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन् । दुई–तीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री बितरणमा रोक लगाएपछि साना व्यापारीहरुले हारगुहार गर्न थालेका छन् । 

आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो राखी बैंकलाई चरम ब्याज तथा शुल्क तिरी लिएको ऋणबाट आयात गरेको यस्ता सामानहरु बिक्रीबितरण गर्न सरकारले रोक लगाएपछि त्यसबाट बैंकको ऋण र त्यसको ब्याज कसरी भुक्तान गर्ने हो ? भनेर उनीहरु प्रश्न गर्न थालेका छन् । 

तिहार लगायतका बेलामा त्यसको विकल्प नभएको सम्बन्धित व्यवसायीहरुको दुःखेसो छ । अतः राज्यस्तरबाट आम व्यवसायीप्रति समान ब्यवहार होस् भनी यस ब्यवसायसँग सम्बन्धित सबै ब्यवसायीकोतर्फबाट सरकारसँग हार्दिक अनुरोध गरेका छन् । 

‘फूल आफैँमा एउटा सुन्दर शब्द हो र यसको सजावटबाट हने आर्कषणबारेमा जानकार नभएको भने सायद कोही नहोला’ , एकजना साना व्यापारी पुजन ट्रेड्सका प्रोपाइटर प्रकाश खड्काले भने, ‘वर्तमान समयमा त यसको प्रयोग विश्वभरका अन्तराष्ट्रिय विमानस्थल, होटल, रेष्टुरेन्टलगायत ठूलाठूला शहर बजारहरु यस्ता फूलहरुबाट सजावट गरी आकर्षित गर्न होडबाजी नै भएको छ । यो कुरा जो कोहीले जहाँपाई त्यही यस्तो दृश्य देख्न सकिन्छ ।’ 

 प्लाष्टिकबाट नभइ कपडा तथा अन्य पदार्थबाट चीनमा उत्पादन हुने यस्ता फूलहरु विश्वका सबै देशहरुमा निर्वाध रुपमा बिक्री बितरण भैरहेको र पटकपटक सफा गर्दै लामो समयसम्म प्रयोग गर्न मिल्ने यस्ता कृत्रिम फूलहरु प्राकृतिक फूल भन्दा कयौँ गुणा सस्तो पर्ने अर्का साना व्यापारी केदार श्रेष्ठले बताए । यस्ता कृत्रिम फूलहरु नेपालको होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा निजी घरमासमेत यस्ता फूलहरुले सजावट गरेको सर्वबिदित भएको उनको भनाइ छ । 

नेपालमा पनि देशभर हजारौँ ब्यवसायीहरुले यस्ता फूलहरु व्यवसाय गरी आफ्नै देशमा रोजगाशरको श्रृजना गरेको बताइन्छ । देशको नीति नियमभित्र रही आयत गर्न व्यवसायीहरुले राज्यको नीति अनुसार राजश्व र व्यवसायीहरुले राज्यलाई कर तिरेकै अवस्थामा यस्तो निर्णय हुनु दुःखद् भएको अर्का व्यापारी धिरन शाहले बताए ।

राज्यलाई कहीँ कतैबाट पनि अहित नहुने र विश्वको कुनै पनि देशमा प्रतिबन्ध नभएको यस्ता फूलहरुलाई नेपालमा भने अपव्याख्या गरी यस्ता वस्तुहरुमा राज्यले किन र कसका लागि प्रतिबन्ध भएको भनी उनको प्रश्न छ । नेपाल सरकारसँग सम्वन्धित सरोकारवालाहरुले अनुसन्धान गरी यसको यर्थात रुप जनतासमक्ष ल्याउन जरुरी भएको उनको माग छ । 

विश्वको कूनै पनि जनप्रेमी सरकारले प्रचलनमा आइरहेको कुनै पनि आयतित सामानहरु आफ्नो मुलु्कको लागि अहित हुने देखेमा त्यस्ता वस्तुको आयात तथा बिक्रीमा सम्बन्धित ब्यवसायीहरुलाई एउटा समय सीमा दिएर मात्र रोक लगाउने एउटा सम्मानित नियम नै हुन्छ, अर्का व्यापारी देभिद श्रेष्ठले भने ।

तर हाम्रो देशमा देशको नीतिनियमभित्र रही एलसीटीटीको माध्यमबाट आयत भई राज्यलाई भंसार महसुल तिरी ल्याएको सामानहरु पूर्ण रुपमा बिक्री वितरण र भण्डारणसम्म गर्न नपाउने यस्तो पासविक निर्णय किन र कसको लागि गरेको छ ? यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने यी वस्तुसँग सम्बधित व्यवसायको माग रहेको उनी बताउँंछन् । 

सामान्य रुपमा प्लाष्टिको प्रयोग विश्वको जुनसुकै मुलुकमा पनि हुन्छ । मानिसले खाने पानीका बोटल वा भान्छामा प्रयोग हुने प्लाष्टिक चम्चा होस्, बच्चाहरुलाई दिइने खेलैना किन नहोस् वा हाम्रै दैनिक जीवनमा प्रयोग हुने अधिकांश वस्तुहरुमा प्लाष्टिकको प्रयोग हुन्छ नै । 

artificial-flower-07-20 (1).jpeg
artificial-flower-07-20 (2).jpeg
artificial-flower-07-20 (3).jpeg
artificial-flower-07-20 (4).jpeg
artificial-flower-07-20 (5).jpeg
artificial-flower-07-20 (6).jpeg
artificial-flower-07-20 (7).jpeg
artificial-flower-07-20 (8).jpeg
artificial-flower-07-20 (9).jpeg
artificial-flower-07-20 (10).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ