arrow

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर जाँदै, सुरक्षा कडा, जहाँ रुट त्यहाँ सफाइ

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
janakpurdham.jpeg
काठमाडौं । भारतीय राष्ट्रपति प्रणब मुखर्जी जनकपुर जाँदैछन् । बिहान १०ः१० बजे काठमाडौंबाट उनी बुद्ध एयरबाट विशेष फ्लाइट लिएर जनकपुर जान लागेका हुन् । उनीसंगै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी पनि हुनेछन् । 
 
उनी जनकपुर विमानस्थलबाट जनकपुरधाम मन्दिरमा पूजा गर्नेछन् । त्यहाँ झण्डै २५ मिनेट पूजा गर्ने कार्यक्रम रहेको जनकपुरस्थित सहकर्मी शैलेन्द्र झाले बताएका छन् । 
 
त्यसपछि राष्ट्रपति मुखर्जी तिरुपिया गाछीमा आफ्नो अभिनन्दनमा सहभागी हुनेछन् । जनकपुर उपमहानगरपालिकाको आयोजनामा हुने अभिनन्दनमा उनले विशेष सम्वोधन गर्ने पनि बुझिएको छ । 
 
जनकपुरलाई नसिंगारिए पनि राष्ट्रपति मुखर्जी पुग्ने रुटलाई भने निकै चिटिक्क पारिएको छ । अन्य ठाउँमा भने जनकपुर पहिले जस्तो थियो अहिले पनि त्यस्तै फोहर छ ।
 
मुखर्जीको सुरक्षालाई ध्यानमा दिएर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । ११ बजेदेखि सुरु हुने उनको जनकपुर यात्राका लागि सम्बन्धित स्थानमा पुग्नका लागि ९ बजेकै समय दिइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ