arrow

मुस्ताङ अस्पताल स्वास्थ्य मन्त्रालयको नीति अनुसार चल्दै, अस्पतालमा उपकरण थप

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
mustang.jpeg
मुस्ताङ । जिल्ला अस्पताल मुस्ताङमा विभिन्न स्वास्थ्य उपकरण थप गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले डेलिभरी बेड, रगत एनालाइजर, डिजिटल अक्सिजन कन्सन्टे«टर मेसिन जस्ता उपकरण थप गरिएको हो । 
 
मुस्ताङमा बढी चिसो हुने भएकाले बच्चा र वृद्धका लागि वार्मर मेसिन पनि ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु ज्ञवालीले जानकारी दिए ।
 
उनका अनुसार स्वास्थ्य सेवा विभागबाट दुईवटा आधुनिक डेलिभरी बेड, रु पाँच लाख बराबरको रेडिमेड वार्मर र रु एक लाख ८० हजार मूल्य बराबरको आधुनिक किसिमको रगत एनालाइजर मेसिन पनि ल्याईएको छ । 
 
“एनालाइजर मेसिनले खासगरी रगतमा हुने समस्याको पहिचान सहज हुन्छ”, उनले भने, “विभिन्न देशबाट घुम्न आउने पर्यटकलाई लक्षित गरेर डिजिटल अक्सिन मेसिन जडान गरेका छौँ ।” 
 
त्यस्तै, अस्पतालमा बिरामीको सहज पहुँच र अस्पताल व्यवस्थापनका लागि सोधपुछ कक्ष, औषधि वितरण कक्ष र नागरिक वडा–पत्रको उचित व्यवस्थापन गरिएको छ । दुईजना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा हाल पाँचजना डाक्टर कार्यरत छन् । 
 
अस्पतालबाट दैनिक करिब ४० जना बिरामीले सेवा लिने गरेका छन् । मेसिन थप गरिएसँगै बिरामीको चाप पनि बढ्दै जाने अस्पतालले अपेक्षा गरेको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ