arrow

फिलिपिन्स अमेरिकातिरै फर्किने संकेत, डुटर्टीले चीनलाई पारे संकटमा

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
duterte-new-AMC.jpeg

एजेन्सी । पछिल्लो केही महिना यता अमेरिका र फिलिपिन्सको सम्बन्ध बिग्रिँदै गएकामा फेरि फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटर्टीले मनस्थिति फेरेका छन् । उनले आफ्नो मुलुकले अमेरिकाबाटै सैन्य हतियार खरिद गर्ने बताएसँगै यी दुई मुलुकबीचको सम्बन्धमा सुधार आउने देखिएको छ ।

वुधबार एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डुटर्टीले चीन र रुसले प्रस्ताव गरिरहेको भएपनि आफ्नो सैनिकले सिफारिस गरे फिलिपिन्सले पुनः अमेरिकाबाटै सैन्य हतियार खरिद गर्नसक्ने बताएका हुन् । गत जुनमा सत्ता सम्हालेका डुटर्टीले आफुलाई सुरुवाती देखि नै अमेरिका, युरोपीयन युनियन र सयुक्त राष्ट्रसंघको विरोधीको रुपमा उभ्याएका छन् ।

लागुऔषधविरुद्ध आफुले चलाएको कारबाहीमा अमेरिका लगायत युरोपेली संस्थाहरुले विरोध गरेपछि डुटर्टीले पुनःविचार गरेका हुन् । फिलिपिन्स अमेरिकातिरै फर्किने संकेत देखिएपछि चीन भने तनावमा परेको छ । चीन र रुसले फिलिपिन्सलाई अमेरिकाबाट अलग्गाएर आफ्नो प्रभाव बढाउन खोजिरहेका थिए ।

चीन र रुसले सैन्य मामिलामा हातहतियारदेखि सबै आवश्यक सामग्री फिलिपिन्सलाई सहयोग गर्ने बताइसकेका थिए । रष्ट्रपति डुटर्टीको पछिल्लो चीन भ्रमणले चीन र फिलिपिन्सको सम्बन्ध सुधार हुने देखिएको थियो । दुबै मुलुक ‘‘साउथ चाइना सी’ को विषयमा रहेको विवादलाई सयुक्त रुपमा सुल्झाउन सहमत समेत भएका थिए । डुटर्टीले चीन भ्रमणको क्रममा फिलिपिन्स अमेरिकाबाट अलग्गिएको पनि घोषणा गरेका थिए ।

डुटर्टीको सैन्य हतियार अमेरिकाबाटै खरिद गर्ने अभिव्यक्तिले अब फिलिपिन्स अमेरिकातिरै फर्किने हो वा चीनतिर जाने हो भन्ने कुरा थप जटिल बनेको छ । डुटर्टीले उनीबारे आँकलन गर्नेलाई समस्यामा पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ