arrow

छातिमा मोदी राख्ने राखीलाई फसाद, भन्छिन्- 'जेल जान तयार छु'

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
rakhi-pm-modi-dress.jpeg
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रिन्ट तस्वीर भएको कपडा लगाए पछि वलिउड आइटम डान्सर राखी सावंत चर्चामा रहेकी छन् । नरेन्द्र मोदीको प्रिन्ट रहेको अर्धनग्न कपडा लगाएर सावंतले अमेरिकामा क्याटवाक गरेकी थिइन् । १० अगस्टमा सम्पन्न भएको सो कार्यक्रमलाई लिएर कांकरोली प्रहरिले अदालतको आदेशमा एफआईआर दर्ता गरेको छ । राखी सावंत बिरुद्ध राजसमन्दका वकील प्रजीत तिवारीले सो प्रकरण दर्ता गरेका हुन् । 
 
सो प्रकरणमा राखी सावन्तले आफु प्रधानमन्त्रीको इज्जत गर्ने र मोदीको लागि जेल जान परे आफु तयार रहेको बताएकी छन्। राखीले भनिन्- 'प्रधानमन्त्रीको तस्वीर भएको कपडा लगाएर मैले कुनै गल्ति गरेको छैन । जुन वकीलले यसलाई प्रकरण बनाएको छ उसले लोकप्रियताको लागि यस्तो गरेको हो ।'
 
राखीका अनुसार उनले भारतको  स्वतन्त्रता दिवस मनाउने क्रममा देशको प्रतिनिधित्व गर्दै सो कपडा लगाएकी हुन् । उनले देशमा मोदीको पुत्ला जलाउदा उनिहरु बिरुद्ध  एफआईआर दर्ता किन नभएको भन्दै प्रश्न गरेकी छन् ।
 
एफआईआर दर्ता गर्ने वकील तिवारीका अनुसार 'राखीले नरेन्द्र मोदीको प्रिन्ट रहेको अर्धनग्न कपडा लगाएर देश कै प्रधानमन्त्रीको अपमान गरेकी छन् । यति मात्र नभएर उनले सस्तो लोकप्रियताको लागि  जानि बुझि अंग प्रदर्शन गरेकी हुन् ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ