arrow

भिभिआइपी सुरक्षामा नेपाल सफल : रक्षामन्त्री खाँण

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
khad.jpg.jpeg
काठमाडौँ । रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताएका छन् । 
 
नेपाली काँग्रसेका नेता समेत रहेका मन्त्री खाँणले राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले नेपालको सुरक्षा स्थितिका बारेमा विश्वमा सकारात्मक सन्देश गएको छ भने । राष्ट्रपति मुखर्जीको भ्रमणले नेपाल– भारत व्दिपक्षीय सम्बन्धमा सुधार तथा विश्वासको वातावरण बनेको उनको धारणा छ । 
 
राष्ट्रपति मुखर्जीको सुरक्षामा पनि सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै मन्त्री खाँण भने , “सुरक्षामा हामीले कुनै कमी हुन दिएनौ, त्यस क्रममा बाटो खाली गराउँदा जनतालाई केही कठिनाइ भएको हुनसक्छ । तर यस भ्रमणले विश्वभर मुलुकको बारेमा सकारात्मक सन्देश गएको छ ।” 
 
भ्रमणले छिमेकीमूलुक भारतसँगको मित्रता र सद्भावमा वृद्धि हुनुका साथै भोलिका दिनमा अन्य मुलुकबाट पनि अति विशिष्ट व्यक्तिको नेपाल भ्रमण हुने बाटो खुलेको उनको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ