arrow

इनास अर्वाडको मनोनयनमा ‘पशुपति प्रसाद’, ‘क्लासिक’ र ‘कबड्डी कबड्डी’को दवदवा

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
Pashupati-prasad.jpeg
काठमाडौं। भारतको पूर्वोत्तर राज्य सिक्किमको गान्तोकमा कात्तिक २४ मा आयोजना हुने चौथो इनास अवार्डका लागि शुक्रबार विधागत उत्कृष्ट तीनको मनोनयन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले आयोजना गर्दै आएको उक्त अवार्डको चौथो संस्करणमा १९ विधाका उत्कृष्टहरुको छनौटको लागि प्रत्येक विधाबाट तीनजनाको मनोयन गरिएको छ। मनोनयमा ‘पशुपति प्रसाद’, ‘क्लासिक’ र ‘कबड्डी कबड्डी’ फिल्मबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यी तीनै फिल्मबाट उत्कृष्ट निर्देशकका लागि दीपेन्द्र के खनाल, रामबाबु गुरुङ र दिनेश राउतबीच प्रतिस्पर्धा हुने भएको छ। उत्कृष्ट अभिनेताका लागि खगेन्द्र लामिछाने, दयाहाङ राई र आर्यन सिग्देल भिड्ने पक्का भएको छ । अवार्डमा जुरी र पपुलर एक–एक विधासमेत राखिएको छ ।
 
त्यसैगरी, अभिनेत्रीका लागि ‘क्लासिक’ बाट नम्रता श्रेष्ठ, ‘सुन्तली’ की प्रियंका कार्की र ‘भाग सानी भाग’ की केकी अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । नव–अभिनेत्रीतर्फको अवार्डका लागि साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स), वर्षा राउत (नाइँ नभन्नु ल ४) र आश्मा डिसी (आभास) भिड्ने भएका छन् । नव–अभिनेताका लागि भने ‘होस्टेल रिटर्न्स’ बाटै सुशील सिटौला र सुशील श्रेष्ठ परेका । उनीहरु दुवैले ‘अधकट्टी’ का प्रदीप बास्तोलासँग भिड्नुपर्ने भएको छ । पटकथा लेखनतर्फ भने ‘पशुपति प्रसाद’ का खगेन्द्र लामिछाने, ‘कबड्डी कबड्डी’ का रामबाबु गुरुङ र उपेन्द्र सुब्बासहित ‘ड्रिम्स’ का सामीप्यराज तिमिल्सेनाबीच सर्वोत्कृष्टताको लागि प्रतिष्पर्धा हुनेछ । मनोनयनमा ‘क्लासिक’ नौ विधा, ‘कबड्डी कबड्डी’ ६ र ‘पशुपति प्रसाद’ ५ विधामा मनोनयनमा परेका हुन् ।
 
सन् २०१५ देखि यस वर्षको अप्रिल १५ सम्म रिलिज नेपाली फिल्मबाट नौ सदस्यीय निर्णायक समूहले गरेको मूल्यांकनका आधारमा उत्कृष्ट तीनको नामावली सार्वजनिक भएको हो । अवार्ड इनास सिक्किम च्याप्टरको सहकार्यमा अन्तरा इन्टरनेसनल प्रालिको व्यवस्थापनमा हुन लागेको हो । इनास अवार्डमा केही नेपाली फिल्ममा समेत अभिनय गरिसकेका अभिनेता डेनी डेञ्जोङ्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने अन्तराका अध्यक्ष सुदिप रेग्मीले जानकारी दिए। 
 
नेपाली भाषा साहित्यमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई विश्व सम्मानद्वारा विभूषित गरिन लागिएको इनासले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ