arrow

प्रिमियर लिग: आर्सनल र लिभरपुल शिर्ष स्थानको दाबेदार, म्यानयु पनि जीतको खोजिमा

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
premier-league-football.jpeg
काठमाडौं। इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार पाँच खेल हुँदैछन् । पहिलो खेलमा साँझ ५:४५ बजे आर्सनलले टोटन्ह्यामको सामना गर्नेछ । आजको खेलमा जीत निकाल्न सके आर्सनल तालिकाको शिर्ष स्थानमा उक्लने छ । 
तर अनुकुल नतिजा निकाल्न आर्सनलले आजको खेलमा घरेलु मैदानको भरपुर सदुपयोग गर्नुपर्ने हुन्छ । पहिलो स्थानमा रहेको चेल्सीकोभन्दा आर्सनलको मात्र दुई अंक कमी छ । 
 
यस्तै राती ८ बजे सुरु हुने खेलमा लिभरपुलले वार्टफोर्डको सामना गर्नेछ । लिभरपुल पनि तालिकाको शिर्ष स्थानमा उक्लने दौडमा छ । आर्सनललाई जस्तै लिभरपुललाई पनि आजको खेलमा घरेलु मैदानको साथ छ । लिभरपुल र आर्सनलको समान अंक छ । यद्धपि गोल अन्तरको आधारमा आर्सनल र लिभरपुल क्रमश: तेस्रो र चौथो स्थानमा छ । 
 
राति ८ बजे नै सुरु हुने अर्को खेल साउथह्यान्टम र हल सिटीबीच हुनेछ । 
 
यस्तै राती ८:४५ बजे सुरु हुने खेलमा अर्का हस्ती म्यानचेस्टर युनाइटेडले स्वान्सी सिटीको सामना गर्नेछ । अवे मैदान भएपनि कमजोर प्रतिद्वन्द्वी भएकाले म्यनयु जीतको लागि उच्च मनोवलका साथ मैदान उत्रने छ । म्यानयु तालिकाको आठौं स्थानमा छ भने स्वान्सी पुछारबाट दोस्रोमा छ । 
 
आजै हुने अन्तिम खेल लेस्टर सिटी र वेस्ट ब्रोमबीच हुनेछ । खेल राति १०:१५ बजे सुरु हुनेछ । प्रिमियर लिगको साविक विजेता समेत रहेको लेस्टर तालिकाको तेह्रौं स्थानमा छ भने वेस्ट ब्रोम सत्रौं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ