arrow

बच्चन परिवारैले हेरेन ऐश्वर्याको 'ए दिल हे मुश्किल'

अभिषेकले खोले रहस्य, यसकारण हेरेनन् ऐश्वर्याको 'ए दिल हे मुश्किल'

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
abhiaishs.jpeg
एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चनले श्रीमती ऐश्वर्या राय बच्चनको चलचित्र 'ए दिल हे मुश्किल' हेरेनन् । 'ए दिल हे मुश्किल' अघिल्लो शुक्रवार रिलीज भएको हो । चलचित्रले विश्वभरबाट आइतबार सम्ममा १ सय ८५ करोड  कमाउन सफल भएको छ । चलचित्रले राम्रो गरेता पनि अभिषेक चलचित्र हेर्न नजानुले दर्शकलाई आश्चर्यमा पारेको छ । चलचत्रिमा ऐश्वर्या र रणविरको रोमान्सका कारण बच्चन परिवार खुशी नरहेको सञ्चार माध्यममा आइरहेका छन् । यहि कारण अभिषेक पनि नगएको टिप्पणि हुदै गर्दा अभिषेकले चलचित्र नहेर्नुको रहस्य खोलेका छन् ।
 
अभिषेकले  एक कार्यक्रमको क्रममा भने, 'दुर्भाग्यवश मैले अहिले सम्म चलचित्र 'ए दिल हे मुश्किल' हेरेको छैन। अहिले म आफ्नो फुटबल टीमसँग ट्राभल गरिरहेको छु । आउदो साता म चलचित्र हेर्नेछु । मैले चलचित्र निर्माण हुदै गर्दा  यसको केहि भाग हेरेको थिए । मलाई लाग्छ चलचित्र शानदार छ । म करण जोहर र उनका पुरै टीमसँग धेरै खुशि छु । म उनिहरुलाई सफलताको शुभकामा दिन चाहान्छु ।'
 
चलचित्रमा ऐश्वर्या र रणबीर कपूरको बोल्ड सिनलाई लिएर सासु जया बच्चनले अप्रत्यक्ष रूपमा टिप्पणी गर्दै 'अहिलेको चलचित्रमा इज्जत र लाज भन्ने चीज कहि रहेन ।' भनेकी थिइन् । अमिताभ बच्चनले अहिले सम्म चलचित्र नहेरेको भारतिय सञ्चारमाध्यममा चर्चा रहेको छ  । अमिताभले सोशल मीडियामा चलचित्र हेरेपछि प्रतिक्रिया व्यक्त गर्ने गर्दछन् । तर उनले अहिले सम्म चलचित्रको बिषयमा कुनै टिप्पणी नगर्नुलाई उनले चलचित्र नहेरेको रुपमा अर्थाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ