arrow

कांग्रेस महाअभियोगको पक्षमा नउभिए जनतावाटै बढारिनेछ : नेता ज्ञवाली

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
pradip.jpeg
अर्घाखाँची। नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एक बर्ष भित्रमा तिन तहको निवार्चन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने बताएका छन् । अहिलेको परिस्थीतीमा चैतमा स्थानिय निकाएको निर्वाचन नहुने संकेत आएकोले मुलुकमा संविधान कार्यान्वयन हुनेमा ठुलो संकट देखिएको बताएका छन, पछिल्लो समय ३ ठुला राजनीतिक दलहरुमा बढदै गएको तिक्ताले गर्दा राजावादी शक्तीहरु सलवलाउन थालेकोले सचेत हुनुपर्नेमा जोड दिए । 
 
पछिल्लो समयमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्कीमाथी लगाईएको महाअभियोगमा  नेपाली कांग्रेसको समेत समर्थन रहने विश्वास गर्दै सचिव ज्ञवालीले महाअभियोगको पक्षमा नउभिए कांग्रेस जनताबाटै बढारिने चेतावनी दिदै ज्ञवालीले नेकपा एमालेका जुनसुकै नेताहरुले भष्ट्रचार गरेको फाईल अगाडी बढाउनको लागी एमाले बाधक नहुने बताए । 
 
अर्घाखाँचीको खिदिम गाविसमा बोल्दै ज्ञवालीले राष्ट्र र जनताको हितमा आवश्यक हुने संविधान सशोधनको निम्ती एमाले बाधक नहुने बताउदै अहिले सत्ता टिकाउनको लागी राष्ट्र नै कमजोर हुने गरी संविधान संशोधनको चलखेल भएको आरोप लगाए । 
 
प्रचण्ड नेतृत्वको सरकारले नेपाल र भारत बिचको सम्बन्ध सुमधुर रहेको बताएतापनी भारतले नेपालको संविधानलाई सहर्ष स्वीकार गर्न नर्गनुले नेपाली जनतामा भ्रम श्रृजना गरेको बताए ।अर्को प्रसङगमा नेता ज्ञवालीले संविधान कार्यान्वयन गरी राष्ट्रीय निकासको निम्ती एमालेले तराईबाट  देशव्यापी जन दवाव दिनको लागी अभियान सुरु बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ