arrow

एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
Ncell_Main-Logo.jpg.jpeg
काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनि एनसेलले विदेश भ्रमणमा जाने ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । सो योजना अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा कर सहित  १५०० रुपैँयामा भ्वाइस, एसएमएस र डेटा प्याकको सेवा पाउनेछन् ।
 
कम्बो प्याक योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा कार्तिक २२ देखि लागु हुने कम्पनिले जनाएको छ ।  योजना सुचारु गर्ने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफु सम्बन्धित रोमिङ् देशहरुमा रहदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशहरुका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबि डेटा पाउनेछन् । प्याक अन्तर्गत उपलब्ध सेवाहरुको प्रयोग अवधि भने ३० दिनको हुनेछ ।
 
 पोष्टपेड सेवाका ग्राहकहरुले एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी चौथो विकल्प रोजेर प्राप्त जानकारी अनुसार  रोमिङ् कम्बो प्याक सुचारु गर्न सक्नेछन् । प्रिपेड ग्राहकका हकमा, ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी दोस्रो विकल्प रोजेर त्यसपछि प्राप्त जानकारी अनुसार यो प्याक लिन सक्ने कम्पनिद्वारा जारि विज्ञाप्तीमा छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ