arrow

सुदूरपश्चिमका छ नगरपालिकालाई दमकल उपलब्ध

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
damkal-fire-brigade.gif
बैतडी । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैतडीका पाटन नगरपालिकालगायत सुदूरपश्चिमका जिल्लाका छ वटा नगरपालिकालार्ई दमकल उपलब्ध गराउने भएको छ । 
 
स्थानीयवासीको मागअनुसार र सरकारले नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै दमकल खरिदका लागि मन्त्रालयले प्रत्येक नगरपालिकालाई रु ६० लाखका दरले रकम उपलब्ध गराएको हो । 
 
मन्त्रालयले बैतडीको पाटन नगरपालिकालगायत डडेल्धुराको परशुराम, कैलालीको अत्तरिया र घोडाघोडी, कञ्चनपुरको दोधारा–चाँदनी र झलारी–पिपलाडी नगरपालिका गरी सुदूरपश्चिमका छ नगरपालिकामा पनि दमकल खरिद गर्न रकम प्रदान गरिसकेको छ । 
 
सरकारले आगलागीबाट बर्सेनि यस क्षेत्रमा ठूलो धनमालको क्षति हुँदै आएको र नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले दमकल खरिद गर्न रकम विनियोजन गरेको पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिए । 
 
“रकम आइसकेकाले खरिद प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ” उनले भने “मङ्सिर पहिलो हप्तादेखि खरिद प्रक्रिया अगाडि बढ्छ ।” 
 
फागुन चैतसम्म दमकल आइपुग्ने समेत उनले बताए । यसअघि बैतडीमा दशरथचन्द नगरपालिकासँग मात्र एउटा दकमल रहेको थियो । 
 
पाटन नगरपालिकामा दमकल आउने भएपछि आगलागीबाट हुने क्षतिको न्यूनीकरण कम गर्न सकिने कार्यकारी अधिकृत ओडको भनाइ रहेको छ । 
 
आगामी असार मसान्तभित्र दमकल खरिद गरी सक्ने गरी सुदूरपश्चिमका छ नगरपालिका गरी देशैभरिमा ३३ वटा नगरपालिकालाई रकम उपलब्ध गराएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ