arrow

समितिले बुझाएको प्रतिवेदन प्रति कांग्रेस र समितिका सदस्यहरु नै असन्तुष्ट

logo
जीवन शर्मा,
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
okhaldhunga-map.jpeg
ओखलढुंगा। स्थानीय निकाय पूनरसंरचना प्रविधिक समितिले बुझाएको प्रतिवेदन प्रति नेपाली कांग्रेस ओखलढुंगा र समितिका सदस्यहरुले नै असन्तुष्टि जनाएको छन् । स्थानीय निकाय पूनः संरचना जस्तो संवेदनशिल र ऐतिहासिक महत्वको विषयमा समितिका संयोजकले एकलौटी निर्णय गरेको भन्दै समितिका सदस्यहरुले समेत असन्तुष्टि जनाएका हुन् ।
 
 नेपाली कांग्रेसले पार्टी कार्यलयमा सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसले असन्तुष्टि जनाएको हो । भने स्थानीय निकाय पूनःसंरचना प्रविधिक सहयोग समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला वन मालपोत, नापी लगायतका कार्यालयका प्रतिनिधिलाई आयोगले आवश्यक ठानी सदस्य बनाएपनि जिल्ला संयोजकले कुनै बैठकमा नबोलाई प्रतिवेदन समेत पठाउने समितिका संयोजक तथा स्थानीय विकास अधिकारीको एकल निर्णय प्रति आफु समेत सन्तुष्ट नरहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए  । स्थानीय निकाय पूनः संरचना जस्तो संवेदनशिल र ऐतिहासिक महत्वको विषयमा समितिका संयोजकले एकलौटी निर्णय गरेको प्रति आफुहरु सन्तुष्ट नरहेको मालपोत कार्यालय अधिकृत निराजन श्रेष्ठले गुनासो गरे ।  
 
ओखलढुंगा लाई नगरपालिका सहित आठ गाउँ पालिका बनाउने निर्णय भौगोलिक हिसावले व्यवहारिक नभएकाले आफ्नो पार्टी निर्णयको विपक्षमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति दानबहादुर बानियाले बताए  ।स्थानीय निकाय पूनरसंरचना गर्ने क्रममा ओखलढुंगालाई १ नगरसहित ८ गाउँ पालिका बनाउने विषयमा सहमती जुटेको भन्ने कुरा गलत भएको उनको भनाइ छ ।
 
 ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति ओखलढुंगाले दलहरुको सहमतिका आधारमा जिल्लामा १ नगरपालिका र ७ गाउँपालिका बनाउने निर्णय गरेको बताएपनि आफुहरुले निर्णयमा हस्ताक्षेर नगरेको जिल्ला सचिव रुद्र प्रसाद अधिकारीले बताए । ‘प्रविधिक समितिले मनोमानी ढंगबाट जिल्लास्थित सबै सरोकारवालाहरु संग छलफलै नगरी केही पार्टीका प्रतिनिधिहरुलाई हस्ताक्षेर गराएर प्रतिवेदन पठाएइयो, अधिकारीले भने, ‘यस प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्णण भएको छ ।’ जिल्लाका सबै जनताले सहज रुपमा सेवा सुविधा पाउनका लागि गरिने पूनःसंरचना हचुवाका भरमा गरिदा आम नागरिकले सेवा पाउन झन दुखः पाउने हुँदा आफुहरु त्यसको विपक्षमा रहेको भन्दै प्रेस विज्ञप्ति प्रकाशन गरेको छ । 
 
स्थानीय निकाय पूनः संरचना जस्तो संवेदनशिल र ऐतिहासिक महत्वको विषयमा हतारमा गरिएको निर्णलाइ पूनर्विचार गर्न ओखलढुंगाका सांसदहरु, नेपाल सरकार, स्थानीय निकाय तथा विशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग, जिल्ला प्राविधिक समिति, अन्य राजनीतिक दलहरु लगाएत आम सरोकारवालाहरुलाई अपिल समेत गरेको छ । नागरिक लाई सहजरुपमा सेवा प्रवाह गर्न र जिल्लाको भौगोलिक, जनसंख्या तथा जातिय, धार्मीक हिसावले पनि अघिल्लो पटक आयोगमा पठाइएको ११ गाउँ पालिकाको निर्णय कार्यन्वायन सबैले सहयोग गर्न समेत नेपाली कांग्रेस ओखलढुंगाले आग्रह गरेको छ  ।
 
अघिल्लो पटक स्थानीय निकाय पूनरसंरचना प्रविधिक सहयोग समिति तथा जिल्लास्थित सबै राजनीतिक दलहरुविच ओखलढुंगालाई एक नगरपालिका सहित ११  गाउँ पालिका बनाउने सहमति जुटेअनुसार आयोगलाई प्रतिवेदन पठाएको थियो । उक्त प्रतिवेदन आयोगले अस्किार गरेर अधिक्तम ८ गाउँ पालिका बनाउन पत्राचार गरेअनुसार स्थानीय निकाय पूनरसंरचना प्रविधिक सहयोग एक नगरपालिका सहित आठ गाउँ पालिका बनाउने निर्णयमा सहमति गरी आयोगमा पठाएको स्थानीय विकास अधिकारी एवं स्थानीय निकाय पूनरसंरचना प्रविधिक सहयोग समितिका संयोजक यज्ञबहादुर खत्रीले बताए । उनले भने, ‘सम्भव भएसम्म सबै सदस्य तथा सरोकारवालाहरु विच बृहत्त छलफल पछि मात्र निर्णय गरिएको हो ।’   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ