arrow

सकसमै सदन

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
sansad-@@@.jpg.jpeg
काठमाडौं । कांग्रेस सांसदको विरोधका कारण आइतबार पनि व्यवस्थापिका संसद चल्न सकेन । बैठकको सुरुमै कांग्रेस सांसदले उठेर अवरोध गरेपछि मंसिर २९ गतेसम्मको लागि बैठक स्थगित भएको छ । 
 
कांग्रेस सांसदले सुशील कोइराला नेतृत्वको सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई बैठकको कार्यसूचीमा नराखेको भन्दै उठेर विरोध गरे । यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र अनुराधा थापाले भारतले गरेको नाकाबन्दीबारे संसदमा छलफल गरिनुपर्ने र सो विषयमा बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरे ।
 
कांग्रेस र नेमकिपाका सांसदको विरोधपछि सभामुख ओनसरी घर्तीले मंसिर २९ गते दिउँसो १ बजे बैठक बस्ने गरी बैठक स्थगित भएको जानकारी गराइन् । मधेसी मोर्चाको अवरोध हट्न नपाउँदै संविधान संशोधन विधेयक कार्यसूचीमा राख्नुपर्ने माग गर्दै कांगे्रसले सदन अरुद्ध पारेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ