arrow

धुर्मुस–सुन्तली भन्छन्,‘दिमाग सफा भए मात्र गाउँसहर सफा हुन्छ’

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
Suntu-Dhurmus.jpg.jpeg
काठमाडौं । हालैका समयमा रामेछाप, सिन्धुपाल्चोक र काभ्रेका सहर तथा बस्तीको सफाई सकेर राजधानी फर्किएका चर्चित हाँस्यकलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई अहिले नयाँ शैलीका साथ सफाई अभियानलाई अगाडि बढाउने जुक्ति फुरेको छ । ती जिल्लामा सरसफाई गर्दा पाएको कम सद्भाव र बढी हेलचेक्र्याईको भावनाले उनीहरुलाई बस्ती सफाई भन्दा पनि मानिसको सोच र दिमागलाई सफाई गर्न सके मुलुक चाँडै नै सफा बन्छ भन्ने आशा बढेको छ ।

‘वास्तवमा समाजमा बस्ने मानिसहरुको दिमागमा अझै पनि त्यही पुरानो फोहोर रहेछ,’दुवैले एकै स्वरमा राजधानीमा आइतबार पत्रकारसँग भन्दै थिए,‘त्यसकारण अहिले सरसफाई अभियानसँगै दिमाग सफाई अभियानलाई पनि अगाडि बढाईरहेका छौं । मान्छेको दिमाग सफा गर्न आवश्यक छ । ’ पहिले मान्छेको दिमागमा रहेको फोहोर सफा भए मात्र सहर र गाउँ सफा हुन्छ भन्ने उनीहरुको बुझाई छ ।

सीतारामले आफूहरु देश दुःखेको बेला अमेरिकाबाट कलाकार नभई नागरिक भएर फर्केको स्मरण गर्दै भूकम्पपछि महामारी चल्ने अवस्थालाई मध्यनजर गरेर सिन्धुपाल्चोक र नुवाकोटमा चर्पी निर्माण गरिदिएको बताए । ‘हामीले काभ्रेको पहरी बस्तीमा नमुना बस्ती बनाएको झण्डै चार महिना बित्न लागिसक्यो, सरकारले पुनर्निर्माण आयोग गठन गरे पनि त्यसको लफडा सबैले देखेकैं छौं,’ उनले भने, ‘अहिले गफ र भाषण दिनुभन्दा पनि देशलाई बचाउने बेला आएको छ ।’

कुञ्जनाले रामेछाप, सिन्धुपाल्चोक र काभ्रेको सहर र बस्ती सफा गर्दा त्यहाँका मानिसहरुले गरेको सहयोग र केहीले हेयका दृष्टिले हेरेको सम्झँदै मानिसहरुमा चेतनाको लहर जगाउनुपर्ने आवश्यकता औंल्याइन् । ‘मानिसहरु बाहिरी शरीरमा मात्र नुहाउँदा रहेछन्, उनीहरुको दिमागी भावनादेखि अन्य अंगमा नुहाउनुपर्ने अवस्था आएको छ, राजनीति गर्नेहरुले पनि दिमागलाई सफा गर्न सके भने सडकमा टायर बल्ने छैन, आन्दोलन हुने छैन, जसकारण बस्ती आफंै सफा हुन्छ ।’

सीतारामले हालै मात्र सरकारलाई १५ बुँदे क्लिन नेपाल २०१६ को अवधारणा पत्र बुझाएको बताउँदै आगामी पुस १० गतेदेखि १६ गतेसम्म राष्ट्रिय राजमार्ग सफाइ अभियानअन्तर्गत दुई चरणमा मध्य चितवनदेखि पूर्वको झापा र पश्चिमको कञ्चनपुरसँग सफाइ गर्न लागेको जानकारी दिए । उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको स्थापना गरेको जनाउँदै सो फाउण्डेसन मात्र प्राप्त भएको सहयोगमार्फत पनि सरसफाइ अभियानलाई अगाडि बढाउने जनाए ।

सरकार पुननिर्माण आयोगको विवादमा परिरहँदा त्यो आयोगको जिम्मा आफुहरुलाई दिए राम्रो काम गर्ने उनीहरुले दाबी गरे । ‘हामीले सरकारी सहयोग बिना नै पहरी बस्तीमा नमूना घर बसायौं, त्यसकारण कम लागतमा व्यवस्थित किसिमको घर बनाउने योजना हामीसँगा पनि छ, सरकारले सहयोग चाहेमा हामी सहयोग गर्न तयार छौं,’उनले भने,‘हाम्रो योग्यता नपुगेर हो या सरकारले नचाहेर हो यो मामलामा सरकार मौन नै रहँदै आएको छ ।’ उनीहरुले सामाजिक सञ्जाल सगुनडटकम सहित अन्यसँगको सहकार्यमा राहत वितरणसँगै एकीकत नमूना बस्ती निमाणमा काम गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ