arrow

राष्ट्रिय फुटसल लिग : हरिसिद्धी र चउर फुटसलको जित

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
FOOTSALL-HARISISHI.jpeg

काठमाडौं । रेडबुल फुटसल लिग अन्तर्गत वुधबार भएका खेलमा हरिसिद्धि र चउर फुटसलले जित हासिल गरेका छन् । ललितपुरको हरिसिद्धिमा भएको खेलमा होम अवे टिम कीर्तिपुर फुटसललाई ४–३ गोल अन्तरले पराजित गरेको छ ।

हरिसिद्धिलाई जिताउन राजेश लिम्बुले ह्याट्रिक गरे । उनले खेलको ७, १२ र २८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । टोलीका लागि लालबहादुर तामाङले एक गोल गरे । त्यसैगरी पराजित कीर्तिपुर फुटसलका लागि एपेक्स महर्जनले २ गोल गरे भने यमन महर्जनले १ गोल फर्काए ।
 यस खेलको म्यान अफ द म्याचको उपाधि हरिसिद्धिका राजेश लिम्बु भए । समूह बीमा रहेको हरिसिद्धि ६ खेलबाट ११ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । समूह बीकै कीर्तिपुरले ६ खेलबाट ४ अंक मात्र जोड्न सकेको छ ।

त्यसैगरी चउर फुटसल बाँसबारीमा भएको दोस्रो खेलमा  चउर फुटसल हवले अवे टिम इम्पेरियल फुटसलाई ७–२ गोल अन्तरले पराजित गरेको छ । एकपक्षीय खेलमा चउरका रविजंग शाही, सुदीप गुरुङ र सञ्जोग महर्जनले २–२ गोल गरे भने सञ्जयसिंह ठकुरीले १ गोल गरे । पराजित इम्पेरियलका निराजन गैरे र दीपक घिसिङले १–१ गोल फकाए । यस खेलको म्यान अफ द म्याचको उपाधि चउर फुटसलका गोलकिपर युदिन खड्का घोषित भए ।

समूह एमा रहेका चउर र एम्पेरियलले लिगमा अहिलेसम्म ६–६ खेल खेलेका छन् । चउर र इम्पेरियल दुवैले ६ खेलबाट ७ अंक जोडेका छन्  ।  

समूह एमा ५ खेलेको किकअफ फुटसलले लिगमा अपराजित हुँदै १५ अंक जोडेर शीर्ष स्थान कब्जा गरेको छ भने बानेश्वर फुटसल रिक्रियसन सेन्टरले ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । त्यसैगरी समूह बीमा ५ खेलबाट १० अंक जोडेका शंखमुल फुटसल र ताहाचल फुटसलले पहिलो र दोस्रो स्थान कब्जा गरेका छन् ।

होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागि छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ