arrow

दुई हजारको नोट तयारी, 'पिंक' चलचित्रको प्रभाव : अमिताभ

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
amitabh22.jpg.jpeg
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र हजारको नोट प्रतिबन्ध लगाएपछि  नेपाल र भारतमा यसको प्रभाव देखिएको छ । सोहि बिषयलाई लिएर बलिउड स्टार अमिताभ बच्चनले एउटा रमाइलो ट्वीट गरेका छन् । उनले ट्विटमा , '२ हजारको नयाँ नोट पिंक रंगको ... पिंक चलचित्रको प्रभाव' लेखेका छन् । भारत सरकारले २ हजारको नयाँ  नोट जारी गर्न गइरहेको छ जुन गुलाबी (पिंक) रंगको हुनेछ । 
 
सोहि कारण अमिताभ बच्चनले उक्त नोटलाई चलचित्र 'पिंक' को प्रभाव बताएका हुन् । महिला अधिकारमा आधारित चलचित्र 'पिंक'लाई दर्शकले निकै रुचाए । 
भारत सरकारले १० नोभेम्बर देखि ३० डिसेम्बरसम्म बैकमा हजार र ५ सयको नोट जम्म गर्न आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ