arrow

स्थानीय निकाय पुनःसंरचनाको विरोधमा -याली

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
solukhumbu.jpeg
सोलुखुम्बु । सोलुखुम्बुको नेचाबेतघारी र नेचाबतासेका बासिन्दाले स्थानीय निकायको पुनःसंरचना आफूहरुको भावना विपरीत भएको भन्दै ¥यालीसहित बजार परिक्रमा गरेर जिल्ला विकास समिति सोलुुखुम्बुमा धर्ना दिएका छन् । 
 
उनीहरुले ती दुई गाविसका एक हजारभन्दा बढी मानिसको हस्ताक्षरसमेत जिविसमा बुझाएका छन् । गाउँपालिका बनाउँदा नेचाबतासे, नेचाबेतघारी र पञ्चन गाविसलाई गाभेर एउटा गाउँपालिका बनाउनुपर्ने र त्यसको केन्द्र नेचाबेतघारीमा रहनुपर्ने आफूहरुको माग रहेको भए पनि प्राविधिक समितिले पञ्चनलाई अन्यत्र लगेर तिंला गाविस मिसाई सल्यानमा केन्द्र राखेको उनीहरुको भनाइ छ । 
 
ठूलो सङ्ख्यामा कालो झन्डासहित आएका त्यहाँका बासिन्दाले सिफारिस गरिएको निर्णय नसच्याउन्जेल जिविसअघि धर्ना बस्ने सो टोलीको नेतृत्व गरिरहेका नेकपा (एमाले) सोलुखुम्बुका जिल्ला सदस्य जगनाथ बास्तोलाले बताए । 
 
यस्तै, नेपाली काँग्रेस सोलुखुम्बुले पनि बुधबार विज्ञप्ति जारी गर्दै नेचाबासीको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । 
 
यसैगरी, आफूहरुलाई दूधकुण्ड नगरपालिकामा मिलाएर भौगोलिकरुपमा निकै कष्ट उत्पन्न गराएको भन्दै जिल्लाको केरुङ, टाप्टिङ र गोराखानीका बासिन्दाले पनि विरोध गरेका छन् ।
 
 सिफारिस गरिएको संरचनामा चित्त नबुझेकाले मागपत्र बुझाएको र त्यसलाई जस्ताको तस्तै आयोगमा पठाउने प्राविधिक समितिका सदस्य एवम् जिविस सोलुखुम्बुका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्कीले जानकारी दिए । 
 
जिविसले गत सोमबार एक नगरपालिकासहित आठवटा स्थानीय निकाय रहने गरी खाका पुनःसंरचना आयोगमा पठाएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ