arrow

रुनी खेलमा फर्किए, स्कटल्यान्डविरुद्धको खेलमा आफै कप्तानी सम्हाल्ने

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
wayan-runi-news-adp.jpeg

एजेन्सी । भेट्रान स्ट्राइकर वायन रुनीले खेलमा फर्किएका छन् । विश्वकप छनोट खेल अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा रुनीले इङ्ल्यान्डबाट खेल्ने भएका छन् ।

उक्त खेलको कप्तानी पनि रुनी आफैले सम्हाल्ने छन् । शनिबार हुने खेलमा टिम प्रशिक्षक ग्यारेथ साउथगेटले खेलको कप्तानी रुनीलाई दिने निर्णय गरेका हुन् ।

फर्ममा नरहेका कारण प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडका केही खेल गुमाएका रुनीले पछिल्लो पटक स्वान्सी सिटीसँगको खेलमा पुनरागमन गरेका हुन् । सो खेलमा युनाइटेडले स्वान्सीमाथि ३–० गोलको जीत निकाल्यो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक साउथगेटले रुनी अहिले राम्रो फर्ममा रहेको बताए । रुनी निसंकोच रहेको र युनाइटेडको पछिल्लो खेलमा उनले राम्रो प्रदर्शन गरेकाले सोही लयलाई निरन्तरता दिनेमा साउथगेट विश्वस्त छन् ।
 
स्लोभेनियाविरुद्ध रुनीको स्थानमा कप्तानी सम्हालेका जोर्डन हेन्डर्सनले समेत टोलीले आफ्नो लाइन अपमा रुनीको अभाव महशुस गरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ