arrow

दुई छिमेकीसँगको सम्वन्ध सन्तुलित बनाउ : चेम्बर

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
Nepal-chamber-.gif
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले दुई छिमेकी मुलुकहरूबीच सन्तुलित सम्बन्ध बनाउनुपर्नेमा जोड दिएको छ । बिहीबार भारत र चीनकालागि नवनियुक्त राजदूतद्वयको विदाई कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सले भारत र चीन दुबै मुलुकसँग सन्तुलित व्यापारको वातावरण बनाउन आग्रह पनि गरेको छ ।
 
क्वारेन्टाइन, पारवहनलगायतका क्षेत्रमा रहेका समस्या समाधान गर्न पहल गर्नुपर्नेमा जोड दिँदै  अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीनसँग सन्तुलित व्यापार कायम गर्न आग्रह गरेका हुन् । उनले दुबै देशसँगको सीमा पर्यटन तथा सीमा व्यापारलाई प्राथमिकतामा राख्नसके नेपालले प्रशस्त लाभ लिनसक्ने धारणा पनि व्यक्त गरे । 
 
उनले नेपालमा भारतीय र चिनियाँ लगानी भित्र्याउन उचित वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । जवाफमा नवनियुक्त राजदूतहरु लीलामणि पौड्याल र दीपकुमार उपाध्यायले नेपालमा लगानी गर्नकोलागि विदेशीहरूको विश्वास गुमाउन नहुने धारणा गर्दै अन्तराष्ट्रिय लगानी भित्र्याउनकोलागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्नुपर्नेमा जोग दिएका छन् । 
 
सो अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले ‘भारतसँगको व्यापार गर्दा नेपालले प्रतिस्पर्धा गर्नसक्ने र फाइदा हुने विषयमा तथ्य÷तथ्याङ्कसहित आउनुहोस् म सकेको सहयोग गर्न तयार छु’, भने । 
 
उनले पछिल्लो समयमा भारतसँगको सम्बन्ध सुध्रिदै गएकाले दुबै देशबीचको व्यापार सहज हुने वातावरण सृजना भएको बताउँदै नेपाललाई आर्थिक समृद्धि दिलाउने खालको व्यापार गर्नुपर्ने धारणा राखे । 
 
त्यस्तै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले ‘दीर्घकालीन व्यापार गर्ने सोच लिएर यहाँका व्यवसायी आउनुहोस् हामी चीनसँग सहजीकरण गर्न तयार छौँ’ भने । 
 
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारतको जनसङ्ख्यामध्ये शुन्य दशमलव एक प्रतिशत मात्रै पर्यटक नेपाल भित्र्याउन सके नेपाललाई अथाह लाभ हुने बताउँदै भारतसँग व्यापार सम्झौता गर्दा हिचकिचाउनुपर्ने परिपाटी र चीनसँग सम्झौता गर्दा भारतसँग डराउनुपर्ने परिपाटीले नेपालले आर्थिक लाभ लिन नसकेको गुनासो गरे । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ